Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पदमुक्त भएका मन्त्रीहरु

पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारमा

पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७८ मंगलवार • १८:३१:३३ बजे
  • 2.2K
    SHARES
  • पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारमा

    सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ओली सरकारका २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएको हो ।

    images

    प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए। तर, प्रधानन्यायाधीश जबरा र न्यायाधीश राणाको इजलासले संविधानको धारा ७७ को उपधारा ३ लाई आधार मानेर २० मन्त्रीलाई पदमुक्त गरेको हो । अदालतको फैसला आएपछि सिंहदरबारमा रहेका केही मन्त्रीहरु त्यहाँबाट सिधै बालुवाटार पुगेका छन् । अहिले उनीहरुको प्रधानमन्त्री ओलीसँग छलफल चलिरहेको बताईएको छ ।

    नेकपा एमालेले अदालतको फैसलालाई अप्रत्यासित भनेको छ ।  यसले देशको राष्ट्रिय राजनीति थप जटिलतातर्फ अघि बढेको प्रदीप ज्ञवालीले प्रतिक्रिया दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # पदमुक्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology