Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री सल्लाहकारको अदालत प्रति आक्रोस" मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?"

प्रधानमन्त्री सल्लाहकारको अदालत प्रति आक्रोस" मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ९, २०७८ बुधवार • ०८:०२:४९ बजे
  • 1.4K
    SHARES
  • प्रधानमन्त्री सल्लाहकारको अदालत प्रति आक्रोस" मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?"

    पोखरा । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सर्वोच्च अदालतले मंगलबार २१ मन्त्री पदमुक्त गर्ने आदेशप्रति आपत्ति जनाएका छन् ।

    images

    प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र भन्दै प्रश्न गरेका छन् ।

    ट्वीटरमा उनले लेखेका छन्, ‘प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ? माधव–रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ? यो के भएछ ?’ उनले अगाडि थपेका छन्, ‘देउवालाई २०७४ अधिकार थियो, अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्, बस ! मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?’

    आजै प्रधानमन्त्री ओलीले पदमुक्त भएका मन्त्रीहरुसँग पनि बालुवाटारमा छलफल गरेका छन् ।

    छलफलका क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्नुपर्ने भएपनि संविधान र कार्यक्षेत्र मिचेर आदेश आएको गुनासो गरेको एक मन्त्रीले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology