Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रोल्पामा मुक्का प्रहारबाट एक किशोरको मृत्यु

रोल्पामा मुक्का प्रहारबाट एक किशोरको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ९, २०७८ बुधवार • ०८:१८:२२ बजे
  • 679
    SHARES
  • रोल्पामा मुक्का प्रहारबाट एक किशोरको मृत्यु

    रोल्पा । मुक्का प्रहारबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका –९ ह्वामाका १८ वर्षीय अबिलाश घर्तीमगर छन् ।

    images

    यही असार १ गते २४ वर्षीय धनिमान पुनमगर र अबिलाशका बीचमा बच्चाका अन्नप्राशनमा मादक पदार्थ सेवन गर्दा विवाद भएको र सोही क्रममा धनिमानले अबिलाशलाई पेटको संवेदनशील भागमा मुक्का प्रहार गरेका बताइएको छ ।

    गम्भीर घाइते अबिलाशको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    उनले मुक्का प्रहार गर्ने धनिमानलाई पक्राउ गरिएको जानकारी दिए ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology