पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न विपक्षी ५ दलका नेताहरुबीच बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा सुरु भएको बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का छन् ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, एमालेका माधवकुमार नेपाल, भीम रावल, जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ छन् । जनमोर्चाका नेता दुर्गा पौडेल सहभागी छन् । काम चलाउ सरकारका मन्त्री परिषद विस्तार गर्ने निर्णय विरुद्ध निर्णय गर्दै सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्ने निर्णय आएको भोलिपल्ट विपक्षी गठबन्धनले छलफल गर्न लागेका हुन् ।
बैठकमा आजदेखि सर्वोच्च अदालतमा सुरु भएको प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाई तथा हिजो सर्वोच्चले गरेको निर्णयका विषयमा छलफल हुने एक नेताले बताए ।