Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ

‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • १२:४४:४५ बजे
  • 1.8K
    SHARES
  • ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ
    चितवन -  प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् ।

    उनलाई प्रहरीले सोमबार साँझ पूर्वीचितवनको राप्तीबाट नियन्त्रणमा लिएको हो ।

    बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको छ ।

    स्रोतका अनुसार बिसीसँगै विप्लवका अन्य जिल्ला नेताहरु समेत नियन्त्रणमा रहेका छन् । पक्राउ परेका अन्यमा रुकुमका होमबहादुर खड्का (हुकुम रसाइली), दलित मुक्ति मोर्चाका महासचिव सुर्खेतका राम लाल विक, चनौलीका भीमबहादुर श्रेष्ठ र रसौलीका दानबहादुर श्रेष्ठ छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology