Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सरकारले विपतको सामना गर्न सकेन : नारायणकाजी श्रेष्ठ

सरकारले विपतको सामना गर्न सकेन : नारायणकाजी श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७८ बुधवार • १८:२०:२३ बजे
  • 700
    SHARES
  • सरकारले विपतको सामना  गर्न सकेन : नारायणकाजी श्रेष्ठ

    विपतको सामना गर्न सरकारले तयारी नगरेको सांसद्हरुले आरोप लगाएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकमा सांसदहरुले सरकार विपतको अवस्थामा निकै कमजोर भएको आरोप लगाएका हुन् । बैठकमा सांसद नारायणकाजी श्रेष्ठले कुनै पनि सरकार पूर्व तयारी नगरी बस्नाले वर्षेनी नेपालमा धनजनको क्षति भएको आरोप लगाए । उनले सरकारलाई जनउत्तरदायी बनाउन र जनातको जीउधनको सुरक्षा गर्न अग्रह समेत गरे ।

    images

    श्रेष्ठले भारतले अतिक्रमण गरेको भूभागका बारेमा वार्ताको पहल गर्न र नेपाली भूभागमा बनाइरहेको बाटो तत्काल रोक्न कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरे । बैठकमा सांसद खिमलाल भट्टराईले खोप नपाएका जनतालाई खोप दिन पहल गर्नु पर्ने बताए । उनले दक्षिण एसियामा खोप लगाउने देशमा नेपाल दोस्रो स्थानमा भएपनि खोप लगाउन बाँकी जनसंख्यालाई खोपको व्यवस्थापन गर्न सरकारसंग आग्रह गरे ।

    उनले विगतमा भोगेका समस्या फेरि दोहोरिन नदिन सरकारले पहलकदमी चाल्नु पर्ने र कोरोनाको तेस्रो लहरको सामना गर्न दरिलो भएर लाग्नु पर्ने जिकिर गरे । सांसद भट्टराईले बाढी पहिरो गएका ठाउँमा राहत र उद्धारका कार्यमा तीव्रता दिन सरकारसँग माग गरे ।

    लिपुलेक क्षेत्रमा नेपालको भूभाग मिचिएको हो वा होइन सत्यतथ्य बुझन सांसद भट्टराईले माग गर्दै चाडोभन्दा चाडो लिपुलेकबारे तथ्य बाहिर ल्याउनुपर्ने तर्क गरे । बाढी र पहिरोबाट संकटमा परेका जनताको तत्काल आवश्यक पर्ने ठाउँमा उद्धार, राहत र वासस्थानको व्यवस्था गर्नुपर्ने सांसद्हरुको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology