नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भेटवार्ता गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा प्रचण्डलाई पोखरेलले भेटेका हुन् ।
गण्डकी प्रदेशमा गठबन्धन सरकारका विषयमा छलफल भएको स्रोतले बताएको छ । गण्डकीमा गठबन्धन बनाउँदा माओवादी केन्द्रको भागमा चार मन्त्री, जसपालाई अर्थसहित २ मन्त्री दिने कांग्रेसले सहमति गरिसकेको छ ।
सो सहमतिका आधारमा सरकार गठनबारे सकस परेपछि शीर्ष नेताहरुसँग छलफल गर्न पोखरेल काठमाडौंमा छन् । विपक्षी गठबन्धनको बैठक बस्नुअघि प्रचण्डसँग देउवा निवासमै भेटवार्ता गरेको मुख्यमन्त्रीका सचिवालय स्रोतले जनाएको छ ।