Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

केपी ओलीले दक्षिणपन्थी बाटो समाते : माधव नेपाल

केपी ओलीले दक्षिणपन्थी बाटो समाते : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७८ बिहिवार • १६:१८:५० बजे
  • 1.2K
    SHARES
  • केपी ओलीले  दक्षिणपन्थी बाटो समाते : माधव नेपाल

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका छन् । विपक्षी गठबन्धनले बिहीबार सम्पादकहरुसँग गरेको अन्तरक्रियामा नेता नेपालले ओली दक्षिणपन्थी बाटोमा रहेको बताए । नेपालले आफुहरु अहिले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको हातेमालो आवश्यक रहेको बताएका हुन् ।

    images

    देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएको बताएका छन् । ‘देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो’नेता नेपालको भनाइ छ । उनले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने बताए । ‘देशमा गणतन्त्र आएको छ, संघीयता आएको छ । जनताको चेतना प्रखर भएको छ ।

    सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ’, नेता नेपालको भनाइ छ । उनले ओलीले गल्ती स्वीकारेर आएर उनलाई स्वागत गर्न सकिने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology