Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रपतिद्वारा लोक सेवासहित संवैधानिक आयोगका पदाधिकारी नियुक्त

राष्ट्रपतिद्वारा लोक सेवासहित संवैधानिक आयोगका पदाधिकारी नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७८ बिहिवार • १६:२१:४१ बजे
  • 1.3K
    SHARES
  • राष्ट्रपतिद्वारा लोक सेवासहित संवैधानिक आयोगका पदाधिकारी नियुक्त

     राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेकी छन् ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपतिले पदाधिकारी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। बिहीबार राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी पदाधिकारी नियुक्त गरेको जनाएका छन्। 

    प्रतिनिधिसभा विघटन भएको र सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ नभइसकेकाले वैशाख अन्तिम साता सिफारिस गरिएका संवैधानिक निकायका पदाधिकारीले स्वतः नियुक्ति पाउने भएका हुन् । 

    परिषद्ले संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेका नाम सुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी गराएको ४५ दिनभित्र सुनुवाइ सक्नुपर्ने प्रावधान छ ।

    को को भए नियुक्त ?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    हरि पौडेल, सदस्य

    सुमित्रा श्रेष्ठ, सदस्य

    लोकसेवा आयोग

    माधवप्रसाद रेग्मी, अध्यक्ष

    माधव बेल्बासे, सदस्य

    वीरबहादुर राई, सदस्य

    दिनेश सिलवाल, सदस्य

    मञ्जुकुमारी, सदस्य

    निर्वाचन आयोग

    सगुनशम्शेर जबरा, सदस्य

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

    विपिनराज निरौला, सदस्य

    राष्ट्रिय महिला आयोग

    जया घिमिरे, सदस्य

    सावित्राकुमारी शर्मा, सदस्य

    सुन्दर पुर्कोटी, सदस्य

    राष्ट्रिय समावेशी आयोग

    रामकृष्ण तिमल्सेना, अध्यक्ष

    पुष्पराज तिमिल्सिना, सदस्य

    मानप्रसाद खत्री, सदस्य

    आदिवासी जनजाति आयोग

    सुर्यबहादुर गुरुङ, सदस्य

    मधेसी आयोग

    आभाकुमारी, सदस्य

    थारु आयोग

    उमाशंकर प्रसाद चौधरी, सदस्य

    शान्ति मोदी, सदस्य

    मुस्लिम आयोग

    मोहम्मद समशुल हक, सदस्य

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology