Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विष्णु पौडेललाई गृह मन्त्रालयको जिम्मा,मन्त्रीहरुको जिम्मेवारी हेरफेर

विष्णु पौडेललाई गृह मन्त्रालयको जिम्मा,मन्त्रीहरुको जिम्मेवारी हेरफेर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७८ बिहिवार • १७:३६:०१ बजे
  • 1.5K
    SHARES
  • विष्णु पौडेललाई गृह मन्त्रालयको जिम्मा,मन्त्रीहरुको जिम्मेवारी हेरफेर

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    images

    मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी मन्त्री बसन्तकुमार नेम्वाङलाई दिएका छन् । यस्तै मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि बाँकी रहेका पाँच जनालाई ओलीले थप मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

    mantriparisad55.jpg

  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology