Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादीबाट जितेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

माओवादीबाट जितेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७८ शुक्रवार • १०:१४:५२ बजे
  • 2.3K
    SHARES
  • माओवादीबाट जितेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

    माओवादीबाट निर्वाचित भएर एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।निर्वाचन आयोगले १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।पद रिक्त भएकाहरुमा रौतहटका सबैभन्दा धेरै छन् । रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

    images

    माओवादी केन्द्रको असार ७ गते बसेको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

    यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु

    १. मौलापुर नगरपालिका रौतहटका प्रमुख रिना कुमारी साह
    २. कटहरिया नगरपालिका रौतहटका प्रमुख सियाराम कुशवाहा
    ३. देवानी गोनारी नगरापलिकाका उपप्रमुख परनिया देवी
    ४. मौलापुर नगरपालिका रौतहटका उप्रमुख गौरीशंकर प्रसाद
    ५. फतुवाविजयपुर नगरपालिका रौतहटका उप्रमुख कान्ति देवी
    ६. माधवनारायण नगरपालिका रौतहटका उपप्रमुख सिमल कुमारी साह
    ७. यमुनामाई गाउँपालिका रौतहटका उपाध्यक्ष गितादेवी साह
    ८. लहान नगरपालिका सिरहाका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती
    ९. सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक
    १०. भजनी नगरपालिका कैलालीका उपप्रमुख छायाँ देवी देवकोटा
    ११. गौरीगंगा नगरपालिका ४ कैलालीका वडाध्यक्ष भागिरथी विष्ट
    १२. गोदावरी नगरपालिका १ का वडाध्यक्ष शर्मानन्द भट्ट
    १३. बर्दगोरिया नगरपालिका ४ का वडाध्यक्ष पुरन विसी
    १४. चम्पादेवी गाउँपालिका ७ का वडाध्यक्ष सुरेश कुमार थापा

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology