Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त

माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ११, २०७८ शुक्रवार • १०:१५:०९ बजे
  • 673
    SHARES
  • माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त

    पोखरा । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरेको छ।

    images

    माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको थियो। आयोगले माओवादीको जानकारीअनुसार आज सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको बताएको छ।

    जसअनुसार दुई मेयरको पद पनि गएको छ। रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ। रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। प्रभु साह पनि माओवादी छाडेर एमालेमा गएकोले माओवादीले सांसद पद हटाइदिएको थियो।

    यस्तै रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ।

    यस्तै महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ। उनीहरूले दल त्याग गरेको सूचना माओवादीले पठाएकोले स्वत: पद रिक्त भएको आयोगले बताएको छ। आयोगको असार ९ मा बसेको बैठकको निर्णयअनुसार उनीहरूको पद रिक्त भएको हो।

    एकै नपाको मेयर-उपमेरकै गयो पद

    योसँगै रौतहटको मौलापुर नगरपालिकामा मेयर र उपमेयर दुबै कारवाहीमा परेपछि दुबै पद रिक्त भएको छ। यहाँ मेयर रीनाकुमारी साह र उपमेयर गौरीशंकर प्रसाद थिए। सेतोपाटीले लेखेको छ । 

    हेर्नुस् क-कसको गयो पद?

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology