Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कांग्रेसमा पौडेल पक्ष सभापतिको उम्मेद्वार चयन गर्न बैठक बस्दै

कांग्रेसमा पौडेल पक्ष सभापतिको उम्मेद्वार चयन गर्न बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७८ शुक्रवार • १०:२४:०२ बजे
  • 1.0K
    SHARES
  • कांग्रेसमा पौडेल पक्ष सभापतिको उम्मेद्वार चयन गर्न बैठक बस्दै

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा सभापतिको उम्मेद्वार चयन गर्न आफू पक्षीय नेताहरु छलफल गर्दै छन् । शुक्रबार (आज) दिउँसो २ बसुन्धरास्थित दियालो फुडल्याण्डमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो । पार्टीको १४ औं महाधिवेशन सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले दावि गरेपछि पौडेलले आफु निकट नेताहरुको बैठक बोलाएका हुन् ।

    images

    पौडेल पक्षमा आधा दर्जन नेता सभापतिको आकांक्षी देखिएको छ । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापति उठ्ने बताइरहेका छन् । देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरी सभापतिमा दोहोरिने बताइसकेका छन् ।

    निधिले पनि संस्थापन इत्तर पक्षका नेताहरुसँग सोमबार छलफल गरी सभापतिमा सहयोग मागेका थिए । गत विहीबार शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी भदौँ १६-१९ गतेका लागि महाधिवेशनको मिति संशोधन गरेपछि काँग्रेसमा सभापतिका दाबेदारको सक्रियता बढेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology