Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभा विघटन मुद्दामा आज रिट निवेदक पक्षको बहस सकिंदै

प्रतिनिधिसभा विघटन मुद्दामा आज रिट निवेदक पक्षको बहस सकिंदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७८ शुक्रवार • १०:२६:५० बजे
  • 1.1K
    SHARES
  • प्रतिनिधिसभा विघटन मुद्दामा आज रिट निवेदक पक्षको बहस सकिंदै

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा निवेदकका तर्फबाट गर्ने बहस आज सकिंदैछ । संवैधानिक इजलासमा सुनुवाई भइरहेको रिटमा निवेदक पक्षलाई दिइएको १२ घण्टाको समयअनुसार आज निवेदकका तर्फबाट ४ घण्टा ४५ मिनेट बहस भएपछि समय सकिन लागेको हो।

    images

    आज निवेदकका तर्फबाट २९ जना कानुन व्यवसायीलाई २५ देखि ३० मिनेटसम्मको समय निर्धारण गरिएको छ। आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिषकृष्ण खरेललगायतले बहस गर्ने तयारी छ। त्यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले पनि बहस गर्नेछन्।

    वरिष्ठ अधिवक्ताहरुका लागि ३० मिनेट र पूर्व महान्यायाधिवक्ताका लागि २५ मिनेटको समय तोकिएको छ। रिट निवेदक पक्षको आजको बहस सकिएपछि आइतबारदेखि सरकारी पक्ष अर्थात रिट निवेदकको विपक्षले बहस सुरु गर्नेछ। सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिइएको छ । त्यसपछि जवाफी बहसका लागि निवेदक पक्षका लागि ३ घण्टाको समय तोकिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology