Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्थायी कमिटी बैठक

नेकपा स्थायी कमिटी बैठक सकियो,ओलीसहित केही स्थायी कमिटी सदस्यले बैठक बहिष्कार गरे

नेकपा स्थायी कमिटी बैठक सकियो,ओलीसहित केही स्थायी कमिटी सदस्यले बैठक बहिष्कार गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७७ मंगलवार • १६:१६:०८ बजे
  • 901
    SHARES
  • नेकपा स्थायी कमिटी बैठक सकियो,ओलीसहित केही स्थायी कमिटी सदस्यले बैठक बहिष्कार गरे
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित केही स्थायी कमिटी सदस्यले बैठक बहिष्कार गरे पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा सुरु भएको बैठकमा प्रचण्डले पार्टीभित्रको विवादका विषयमा ब्रिफिङ गरेका थिए ।
     
    बैठकले एकतर्फीरुपमा स्थायी कमिटी बैठक स्थगित गरेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गलत गरेको निष्कर्ष निकालेको छ । बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर छिटो भन्दा छिटो बैठक सुचारु गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको ऊर्जामन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन 'अनन्त'ले जानकारी दिए ।
    बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने बताए । उनले स्थायी कमिटीका सबै सदस्यलाई पार्टी एकता कायम राख्नका लागि आआफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् ।
    बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, 'कमरेडहरु यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ । कसैको लहड र उत्तेजनाबाट पार्टी विभाजन रोक्नका लागि सबैले भूमिका खेलौँ । पार्टीलाई विधि र प्रक्रिया अनुसार चलाउनुपर्छ ।'
    पार्टी एकताको समयमा गरिएको छलफल स्मरण गर्दै प्रचण्डले भने, 'ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो । यसलाई कसैको लहड र उत्तेजनाबाट मुक्त गर्नुपर्छ । पार्टी गम्भीर मोडमा पुगेको छ । हामी सबैजना जिम्मेवार बनौँ । उत्तेजना र लहडमा हामी लाग्नु हुँदैन ।'
    प्रचण्डले आफूले आजको भेटमा पनि ओलीलाई बैठकमा सहभागी हुन आग्रह गरेको बताए । उनले भने, 'आज पनि हामीले उहाँलाई आग्रह गर्यौँ । तर उहाँले मान्नु भएन । यसअघि पनि उहाँ सबै बैठकमा उपस्थित हुनु भएको थिएन ।'

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology