Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

मीठो प्रसंसा जिउदालाई नै गर

मीठो प्रसंसा जिउदालाई नै गर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७८ शुक्रवार • १०:३०:१६ बजे
  • 2.3K
    SHARES
  • मीठो प्रसंसा जिउदालाई नै गर

    मरेपछिको प्रसंसाले
    देखाउन सक्छ बाँच्नेलाई बाटो 
    एउटा उदाहरण बनाउन सकिन्छ
    मान्छेलाई जीउँदै प्रसंसा गर
    जिउदाको प्रसंसा गर 

    images

    मेसिन त कामयाव हुदैन सधै
    मान्छे त मान्छे न हो
    मीठो आलोचना गर
    स्वस्थ आलोचनाले असल मान्छे झन् असल बन्छ

    गरेको असल कार्यको खुलेर प्रसंसा गर
    प्रसंसाले गदगद हुन्छ मान्छे
    आफूलाई अरू मिहिनेती बनाउछ
    हौसला,खुराक बन्छ मान्छेलाई 

    मान्छेलाई उकासेर
    मान्छेको औकातको बढोत्तरी गरेर 
    जायज प्रसंसा भन्दा पर रहेर
    अनेक फुलबुट्टामा सजाएर
    गजबको बिशेषण आइरहदा
    चुचुरोमा पुगेको भान हुने मान्छेलाई म के भनु?

    पाइला सार्नलाई खुट्टा उचाल्दै गर्दा
    आकाशमा छौ तिमी भनी 
    साहसीको संज्ञा पाउँदा
    धर्तीमा टेक्दै गरेको खुट्टा भुल्नेलाई के भन्न सकिन्छ र?

    समय आएपछि आफैलाई थाहा भैहाल्छ
    अस्वस्थ प्रसंसामा रमाउनेहरू
    अस्वस्थ प्रसंसामा समय खेर फाल्नेहरू
    दुबैको कहिँ न कहिँ हरिबिजोग हुन्छ

    प्रसंसाको जलप लगाएर
    पित्तललाई सुन भनी बेच्न चाहान्छन् कोहि कोहि मान्छेहरू 
    सुनप्रेमीहरूले सुनमा सुगन्ध भेटियो भन्दैमा
    सुन बन्दै गएका तिमी
    सुगन्धको प्रसंसामा समय खेर नफाल
    मान्छेलाई देवत्वकरण गरेर
    आँखा अगाडि नै नाङ्गो नाच!नाच्छन् मान्छेहरू 

    स्वादिलो प्रसंसाको गीत गाएर
    तालीको समेत भत्ता असुल्न पल्केका मान्छेहरू छन्  तिम्रो वरिपरि 
    तिम्रो सत्कार्यको मिठो प्रसंसालाई
    उकालो चढ्ने सिँढी बनाउ
    आफूलाई सिँहावलोकन गर सधै
    कतै तिमिलाई गरिएको बढ्ता तारीफमा रमाउदा
    आफ्नो क्षमतामा ह्रास त हुँदै छैन
    मिठो प्रशंसा जिउदालाई नै गर
    स्वस्थ आलोचना कर्मशील मान्छेको नै गर

                   कृष्ण थापा,तानसेन,पाल्पा

  • सम्बन्धित विषय:

  • # मीठो प्रसंसा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology