Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सभापतिमा पौडेल समूहमै आधा दर्जन बढीको दावी

सभापतिमा पौडेल समूहमै आधा दर्जन बढीको दावी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७८ शुक्रवार • २०:५१:३८ बजे
  • 994
    SHARES
  • सभापतिमा पौडेल समूहमै आधा दर्जन बढीको दावी

    नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै यतिबेला नेतृत्वका लागि पार्टीका नेताहरुबीच तीव्र दौडधुप भइरहेको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै देखिएका छन् । महाधिवेशन मिति नजिकिएसँगै नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या दैनिक बढ्न थालेको हो । १४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने रामचन्द्र पौडेलको आकांक्षा छ ।

    images

    काँग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा आफुलाई अघि सार्ने घोषणा गरिसकेका छन् भने शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गर्ने घोषणा गरेका छन् । यस्तै शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गर्ने घोषणा गरेका छन् । शुक्रबार महाधिवेशनको छलफलका लागि नेता पौडेल बोलाएको आफु निकट भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा।रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरेका हुन् ।

    शुक्रबारको छलफल अघि नै डा. महत र केसीले काँग्रेसका केन्द्रीय सदस्यहरुलाई फोन गरे आफ म सभापतिको दावेदार भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । उनीहरुले शुक्रबारको छलफलमा पनि सोही कुरा दोहोर्याउँदै दावेदारी रहने घोषणा गरे । महत र केसीले भने विकल्पसहितको दावेदारी रहने समेत बताए । सहमतिका आधारमा उम्मेदवार तय भए आफुहरु मान्ने र सहयोग समेत गर्न तयार रहेको उनीहरुको भनाई छ । ‘६० वर्ष माथिका नेता सल्लाहकारमा बस्न सकिन्न, त्यो भन्दा कम उमेरकालाई नेतृत्व प्रदान गर्न हामी सहमत हुनपनि सकिन्छ’ केसीको प्रस्ताव थियो । तर नेता पौडेलले भने आफु सभापतिको स्वभाविक उम्मेदवार रहेको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    म स्वभाविक सभापतिको उम्मेदवार हो । मेरो दावी रहन्छ नै’ पौडेलले भने, ‘सबै साथीहरुले सभापति बन्ने आकांक्षा राख्नुभएको छ यस्तोमा हाम्रो समूहबाट सहमति गरेर जानुपर्छ ।’ त्यसबारे शशांकले ब्रिफिङ गर्दै सहयोग आदानप्रदानका थिए । युवा नेताहरु गगन थापा र गुरुराज घिमिरेले एकल उम्मेदवार बनाए साथ दिने, तर त्यो भन्दा बढि उम्मेदवार भएकोले आफुहरुले छनोट गर्ने धारणा राखेका थिए ।

    महाधिवेशनको छलफलका लागि नेता पौडेल शुक्रबार बोलाएको उनी पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा. रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology