एजेन्सी । छिमेकी मुलुक भारतको एक गाउँ गोपालपुरका एक युवकमाथि निर्घात कुटपिटको उजुरी प्रहरी चौकीमा दर्ता भएको छ । उनीमाथि विवाहित प्रेमिकाको घरमा उनीसँग भेट गर्न आएको आरोप लागेको छ । युवकलाई देखेर प्रेमिकाका पति रिसले चुर भए र निर्घात कुटपिट गरी उनलाई मरणासन्न बनाए ।
प्रहरीले घाइते युवालाई अस्पतालमा भर्ना गरेका छ भने घटनाको छानबिन थालेको छ । फकिरावाद टोलमा बस्ने महिला वर्ष ३८ की सकीना बानोसँग गोपालपुर बस्ने २३ वर्षीय युवकसँग प्रेम थियो । युवक उमेरमा १५ वर्ष कमका थिए । ती युवक दिउँसो आफ्नी प्रेमिकाको घर उनलाई भेट्न गए । अचानक सकिनाका पति कामबाट घर फर्किँदै थिए । घरमा पराई पुरुषलाई देख्ने बित्तिकै उनले सोधपुछ थाले । उनी सकिनाका प्रेमी भएको रहस्य खुल्नासाथ उनीमाथि युवतीका पति जाइलागे ।
उनले युवकलाई बेहोस हुनेगरि पिटेका थिए । युवक रुन कराउन थालेपछि टोलभरीका सबैले उनको चिच्याहट सुने र उनीहरु पनि आएर कुटपिट गर्न थाले । उनीहरुले ती युवकलाई मरणासन्न हुनेगरि पिटेर सडकमा फ्याँकिदिए । सूचना पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुग्दा युवक बेहोस भएर लडिरहेका थिए । प्रहरीले यसबारे अनुसन्धान थालेको बताइएको छ ।