Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजनीतिक प्रणालीमा सुधार ल्याउन चीनमा श्वेतपत्र जारी, सिपिसीको नेतृत्वदायी भूमिका

राजनीतिक प्रणालीमा सुधार ल्याउन चीनमा श्वेतपत्र जारी, सिपिसीको नेतृत्वदायी भूमिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७८ शुक्रवार • २१:१७:०९ बजे
  • 727
    SHARES
  • राजनीतिक प्रणालीमा सुधार ल्याउन चीनमा श्वेतपत्र जारी, सिपिसीको नेतृत्वदायी भूमिका

    चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले शुक्रबार “चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श” नामको श्वेतपत्र सार्वजनिक गरेको हो । श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुदलीय सहयोग र राजनीतिक परामर्श प्रणालीलाई थप मजबूत बनाइने तथा यसलाई चीनको राजनीतिक संरचनाको आधारभूत तथ्यका रुपमा अंगीकार गरिने उल्लेख छ ।

    images

    यस प्रणालीमा चिनियाँ कम्युनिष्ट पार्टीका अलावा देशमा अरु आठ वटा राजनीतिक दल रहने छन् जसमा रिभोल्युसनरी कमिटी अफ चिनियाँ कुमिनताङ, चाइना डेमोक्रेटिक लिग, चाइना नेसनल डेमोक्रेटिक कन्स्ट्रक्सन एसोसिएसन, चाइना एसोसिएसन फर प्रमोटिङ डेमोक्रेसी, चाइनिज पिजेन्ट्स एन्ड वर्कर्स डेमोक्रेटिक पार्टी, चाइना झी गोङ पार्टी, जिसान सोसाइटी र ताइवान डेमोक्रेटिक सेल्फ–गभर्मेन्ट लिग रहेका छन् । सिपिसीले यस प्रणाली मातहत कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेका विशिष्ट व्यक्तिलाई पनि समेट्ने छ ।

    श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० ले राज्यशक्तिको परिचालन गर्ने र अन्य दलहरुले सिपिसीको नेतृत्वमा बहुदलीय सहकार्यको प्रणाली निर्माण गर्ने उल्लेख छ । चिनियाँ शैलीको नयाँ मोडेलको संज्ञा दिइएको पछिल्लो व्यवस्था अपनाउने सिलसिलामा अन्य मुलुकको सिकाई र उनीहरुका राजनीतिक प्रणालीका उपलब्धिलाई आत्मसात गरिएको श्वेतपत्रमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology