Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राप्रपा नेता सुनिल थापा कांग्रेस प्रवेश

राप्रपा नेता सुनिल थापा कांग्रेस प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७७ मंगलवार • १७:१३:११ बजे
  • 1.3K
    SHARES
  • राप्रपा नेता सुनिल थापा कांग्रेस प्रवेश
    राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का नेता सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनीसहित १३ जना नेता कांग्रेस प्रवेश गरेका हुन्। उनलाई सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका छन्।
    नवप्रवेशी नेताहरुलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेललगायत नेताहरुले माला लगाएर स्वागत गरेका थिए।राप्रपा नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिलले केहीदिन अघि राप्रपा परित्याग गरेका थिए।पार्टी प्रवेश कार्यक्रममा बाेल्दै थापाले आफ्नाे परिवारकाे ६७ वर्ष अघिदेखि कांग्रेससँग सम्बन्ध रहेकाे बताए।

    बुवा सूर्यबहादुर थापा २०१० सालमा नेपाली कांग्रेस धनकुटाकाे काेषााध्यक्ष रहेकाे स्मरण गर्दै थापाले कांग्रेसले लिएकाे प्रजातान्त्रिक प्रणालीलाई साथ दिन आफू कांग्रेस प्रवेश गरेकाे बताए। उनले नेपालमा प्रजातान्त्रिक शक्ति कमजोर हुँदा अधिनायकवादी शक्ति बढेको बताए। राप्रपाका विभिन्न जिल्ला कार्यसमितिहरु पार्टि परित्याग गरी कांग्रेसमै समाहित हुने दाबी पनि गरे।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology