Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्रीको अफर आइसक्यो तर गठबन्धनलाई धोका दिन्न: माधव नेपाल

प्रधानमन्त्रीको अफर आइसक्यो तर गठबन्धनलाई धोका दिन्न: माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७८ शनिवार • १६:५७:५१ बजे
  • 2.1K
    SHARES
  • प्रधानमन्त्रीको अफर आइसक्यो तर गठबन्धनलाई धोका दिन्न: माधव नेपाल

    विपक्षी गठबन्धनमा सामेल भएका नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी संवाददाताहरुसँगको अन्तरक्रियामा नेता नेपालले आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी भएको भन्दै गठबन्धनलाई धोका नदिने बताए । नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने प्रष्ट पारे ।

    images

    आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको र शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भन्ने कुरा समेत आएको नेपालले खुलासा गरे । उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस् ।’ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा माधवकुमार नेपाललाई बनाउनुपर्ने ओली समूहका नेताहरुले बताएका थिए ।

    त्यसतर्फ संकेत गरेका नेता नेपालले त्यसलाई अस्वीकार गरेका छन् । केपी ओलीसँग सम्झौता गरेर एमालेमा रहने सम्भावना अन्त्य गर्द नेपालले आफूले अ‍ोलीका कुनै पनि आश्वासन नमान्ने र विपक्षी गठबन्धनलाई धोका नदिने प्रतिबद्धता जनाए । उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छैन, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology