Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म बिहे गरेर बच्चा जन्माउन चाहन्छु : ब्रिटनी स्पियेर्श

म बिहे गरेर बच्चा जन्माउन चाहन्छु : ब्रिटनी स्पियेर्श

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७८ शनिवार • १७:१८:२१ बजे
  • 1.9K
    SHARES
  • म बिहे गरेर बच्चा जन्माउन चाहन्छु : ब्रिटनी स्पियेर्श

    विश्व चर्चित गायिका ब्रिटनी स्पियेर्शले आफ्ना पिताको संरक्षणबाट आफूलाई मुक्त गर्न अदालतसमक्ष अपिल गरेकी छिन् । ब्रिटनी विगत १३ बर्षदेखि पिताको संरक्षणमा छिन् । उनको करिअरको हरेक फैसला उनका पिताले गर्दै आएका छन् । ब्रिटनीले अमेरिकाको लस एन्जलस अदालतमा आफूलाई यस्तो अपमानजक संरक्षणबाट मुक्त गराउन अपिल गरेकी हुन् ।

    images

    ब्रिटनीको यो बिषय अब अमेरिकामा एक अभियानको रुपमा अगाडि बढिसकेको छ । ब्रिटनीले भनेकी छिन्–‘विगत १३ सालदेखि मलाई जर्बजस्ती ड्रग्स दिइएको छ । मेरो इच्छाको विरुद्ध मलाई काम गर्न बाध्य बनाइएको छ । म यो संरक्षणबाट तिरस्कृत भएकी छु । म तनावमा छु र चकित पनि छु ।

    म आफ्नो जिन्दगी फिर्ता लिन चाहन्छु । म काम गर्न सक्छु भने मलाई संरक्षण आवश्यक छैन । यो अपमानजनक संरक्षण हो ।’ ब्रिटनीले अदालतसँग भनेकी छिन्–‘म अगाडि बढ्न चाहन्छु । बिहे गरेर बच्चा जन्माउन चाहन्छु । म पिताको संरक्षणमा रहुन्जेलसम्म न त बिहे गर्न सक्छु न त बच्चा जन्माउन नै सक्छु ।

    मेरो शरीरमा आइयूडी डिभाइस लगाइको छ, जसको कारणले म गर्भवती हुन सक्दिनँ । म यो डिभाइस बाहिर निकाल्न चाहन्छु र बच्चा जन्माउन चाहन्छु । मलाई मेरो पिताको टिमले डाक्टरकोमा जान दिन दिदैन । उनीहरु म गर्भवती भएको हेर्न चाहँदैनन् । मलाई यो संरक्षण फाइदा भन्दा घाटा बढी भैरहेको छ ।

  • सम्बन्धित विषय:

  • # ब्रिटनी स्पियेर्श
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology