नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको आरोप लगाएका छन् । शनिबार विपक्षी गठबन्धनको तर्फबाट पत्रकारहरुसँग अन्तरक्रियामा भाग लिँदै प्रचण्डले प्रधानमन्त्रीले आफूलाई देखाएर अदालतलाई धक्याउन थालेको गम्भिर आरोप लगाएका हुन् । उनले भने, ‘केपी अहिले पनि अदालतलाई धम्क्याउन थालेका छन्, थर्काउन थालेका छन् ।
कहिले महान्यायाधिवक्ताबाट कहिल ओली आफैंले अदालतलाई थर्काउन थालेको आरोप प्रचण्डले लगाए । ‘कहिले महान्यायाधिवक्ताबाट थर्काउन लगाउने, अहिले त आफैं । विचरा मलाई देखाएर, मैले सेटिङ गरेँ रे , मेरो सेटिङमा नेपाल चलेको भए त ‘?’ प्रचण्डले भने । १४९ जना सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा रहेकोले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नबनाई नहुने प्रचण्डको जिकिर छ ।
उनले अघि भने, ‘१४९ जनाको हस्ताक्षर राष्ट्रपति कहाँ छ, १४६ जनाको हस्ताक्षर सर्वोच्चमा । अनि शेरबहादुरजी प्रधानमन्त्री हुनु पर्दैन ?’संविधानको धारा ७६९५० सांसदहरुको विशेषाधिकारका रुपमा राखिएको भन्दै प्रचण्डले अदालतले संविधान अनुसार निर्णय गर्छ भन्ने विश्वास रहेको बताए ।
उनले आफूले नबोलेको कुरा पनि बोलेको भनेर प्रचार गरिएको गर्दै भने, ‘मैले संविधानअनुसार अदालतले पक्कै गर्छ भनेको हुँ । अहिले पनि भन्छु, संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हुनुपर्छ ।’