बलिउडकी चर्चित नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या कोरोनामुक्त भएका छन्।उनीहरुको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको अभिषेक बच्चनले ट्वीटमार्फत जानकारी दिएका छन्।हाल दुवै अस्पतालबाट डिस्चार्ज भएको पनि अभिषेकले बताएका छन्।
गत जुलाई ११ मा अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना पुष्टि भएको थियो। उनीहरुमा कोरोना देखिएपछि जया बच्चन, एश्वेर्या र आरध्याको कोरोना परीक्षण भएको थियो।अमिताभ, जया र अभिषेक अझै कोरोनामुक्त भएका छैनन्। एजेन्सी