Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोलोम्बियामा राष्ट्रपतिसहित उच्च सरकारी अधिकारीहरू चढेको हेलिकप्टरमाथि गोली प्रहार

कोलोम्बियामा राष्ट्रपतिसहित उच्च सरकारी अधिकारीहरू चढेको हेलिकप्टरमाथि गोली प्रहार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १३, २०७८ आइतवार • ०९:५४:४९ बजे
  • 1.2K
    SHARES
  • कोलोम्बियामा राष्ट्रपतिसहित उच्च सरकारी अधिकारीहरू चढेको हेलिकप्टरमाथि गोली प्रहार

    दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा राष्ट्रपतिसहित अन्य उच्च सरकारी अधिकारीहरू चढेको हेलिकप्टरमाथि गोली हानिएको छ।

    images

    राष्ट्रपति आइभन डुकले विज्ञप्ति जारी गर्दै भेनेजुयलाको सीमानजिकैको क्याटाटुम्बो क्षेत्रमा आफू चढेको हेलिकप्टरमा गोली हानिएको जनाएका छन्। उनका अनुसार हेलिकप्टरमा रहेका रक्षा मन्त्री डियगो मोलानो, गृह मन्त्री ड्यानियल पालासियससहित सबै अधिकारीहरू सुरक्षित छन्।

    कुनै देशको राष्ट्रपति चढेको हेलिकप्टरमाथि आक्रमण हुनु बिरलै हुने घटनामध्ये हो। डुकले आक्रमण कहिले र कुन समयमा भएको हो भन्ने नखुलाएको समाचार संस्था एपीले जनाएको छ।

    'म देशलाई जानकारी दिन चाहन्छु क्याटाटुम्बोमा प्रतिवद्धता पूरा गरेर कुकुता सहर पुग्नै लाग्दा राष्ट्रपतिको हेलिकप्टरमा आक्रमण भएको थियो,’ राष्ट्रपति डुकको विज्ञप्तिमा भनिएको छ। हेलिकप्टरको क्षमताले ठूलो दुर्घटना हुनबाट बचाएको उनको दाबी छ। राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको एउटा भिडिओमा हेलिकप्टरमा गोलीका दागहरू देखिन्छन्।

    राष्ट्रपतिको हेलिकप्टरमाथि आक्रमण भएको भनिएको क्षेत्रमा धेरै हतियारधारी समूहहरू सक्रिय छन्। राष्ट्रपति डुकले उक्त आक्रमणलाई कारयताको संज्ञा दिँदै लागु औषध ओसारपसार, आतंकवाद र संगठित अपराधविरूद्धको आफ्नो लडाइँ नरोकिने बताएका छन्।

    'यसको सन्देश के हो भने अपराधको सामना गर्न कोलोम्बिया सधैँ बलियो छ र हाम्रा संस्थाहरू कुनै पनि धम्कीभन्दा माथि छन्,’ उनले भनेका छन्। यसअघि पनि कुकुता सहरमा एउटा सैनिक बेसमा कार बम आक्रमण भएको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology