Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेका अध्यक्ष ओलीले बोलाए स्थायी कमिटीको बैठक

एमालेका अध्यक्ष ओलीले बोलाए स्थायी कमिटीको बैठक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १३, २०७८ आइतवार • १०:००:०७ बजे
  • 1.2K
    SHARES
  • एमालेका अध्यक्ष ओलीले बोलाए  स्थायी कमिटीको बैठक

    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।

    images

    आइतबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

    ‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखिएको छ,’ तामाङले सेतोपाटीसँग भने। एमालेमा स्थायी कमिटी १९ सदस्यीय छ। अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षविनै स्थायी कमिटी गठन गरेका थिए।

    आजको बैठकमा पार्टी विधान महाधिवेशनबारे पनि छलफल हुनेछ। 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology