तस्बिर:प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ट्वीटरबाट।
नेकपा एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेर थप कदम चाल्न दशौं महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ।
आईतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले असार १६ मा बैठक राखिएको छ,’ उनले भने।
सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई समेत उपेक्षा गरी त्रुटीपूर्ण फैसला गरेकोले त्यसको कानूनी प्रतिवादमा जानु परेको प्रवक्ता ज्ञवालीले बताए ।
यसबारेमा थप केही निर्णय गर्नुपरे अब महाधिवेशन आयोजक कमिटीको बैठकले गर्ने उनले जानकारी दिए ।यस्तै बैठकले पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय पनि गरेका छ । बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेकोबारे पनि छलफल भएको थियो। जनता र कार्यकर्ताको चाहनाअनुसार नेता नेपालको क्रियाकलाप मेल नखाएको ज्ञवालीले बताए।