Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रपतिको कदमलाई अदालतले मान्यता दियो भने संविधान जान्छ: भीमार्जुन आचार्य

राष्ट्रपतिको कदमलाई अदालतले मान्यता दियो भने संविधान जान्छ: भीमार्जुन आचार्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • १३:५८:२३ बजे
  • 2.3K
    SHARES
  • राष्ट्रपतिको कदमलाई अदालतले मान्यता दियो भने संविधान जान्छ: भीमार्जुन आचार्य

    अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्री रिक्त नभइ धारा ७६ को उपचार ५ को प्रक्रिया सुरु गरिएको उल्लेख गर्दै उपधारा ५ मा जानका लागि प्रधानमन्त्रीको पद रिक्त हुनुपर्ने तर्क गरेका छन् । प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै आचार्यले ओली मात्र प्रधानमन्त्री बन्नुपर्छ, अरु बन्न सक्दैनन् भन्ने व्यवस्था नगरेको बताए ।

    images

    धारा ७६ का सबै उपधाराअनुसार केपी ओली मात्र प्रधानमन्त्री बन्नु पर्छअरु बन्न सक्दैनन्, पाउँदैन भन्ने त संविधानले व्यवस्था गरेको छैन’, आचार्यले भने । उनले उपधारा ५ अनुसार प्रतिनिधिसभाको एक जना सदस्यले पनि आधार पेस गर्न सक्ने बताए । ‘७६ (५) र ७६ (२) बीच फरक छ’, आचार्यले भने, ‘उपधारा ५ अनुसार एउटा सदस्यले पनि, मेम्बरले पनि आधार पेस गर्न सक्छ भन्ने हो ।’ आचार्यले राष्ट्रपतिको यो कदमलाई मान्यता दिए संविधान नै जाने टिप्पणी गरे ।

    अस्तिको आदेशमा पनि सरकार बनाउनुपर्ने प्रक्रिया संसदभित्र खोज्नु पर्ने र एकपछि अर्को प्रक्रियामा जानु पर्ने लेखिएको छ’, आचार्यले भने, ‘अदालतले राष्ट्रपतिको यो कदमलाई मान्यता दियो भने त संविधान जान्छ ।’ उनले सांसदहरुले स्वविवेकी अधिकार प्रयोग गरेर उपचार ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताए।

    ह्विपविरुद्व मतदान गरेमा मात्र सांसदहरुलाई कारबाही गर्ने हो। राष्ट्रपतिले कसरी शेरबहादुर देउवालाइ हस्ताक्षर गर्ने सांसदलाई कारबाही हुने आधार लिएर अस्वीकार गर्न सक्नु भयो ?’, आचार्यले प्रश्न गरे।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology