Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बलिउडका १० महँगा सम्बन्धविच्छे

बलिउडका १० महँगा सम्बन्धविच्छे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७७ आइतवार • ११:५९:२९ बजे
  • 2.0K
    SHARES
  • बलिउडका १० महँगा सम्बन्धविच्छे

     

    images

    फिल्म स्टार्सको विवाह र पार्टी सधैं चर्चामा छाइरहन्छ तर केहि सेलिब्रिटीले जसरी आफ्नो विवाहमा करोडौं रकम उडाए त्यसरी नै सम्बन्धविच्छेदका लागि पनि करोडौं रकम चुकाउनुपर्यो । केहि सेलिब्रिटीको त विवाहमा भन्दा सम्बन्धविच्छेदका लागि धेरै पैसा खर्च भयो । आज हामी यस्तै १० महँगा सम्बन्धविच्छेदबारे कुरा गरौं ।

     
     

    करिष्मा कपुर र सञ्जय कपुरः

     

    ९० की दशककी चर्चित नायिका करिष्मा कपुरले विवाह गरेको ११ वर्षपछि सन् २०१६ मा सम्बन्धविच्छेद गरेकी थिइन् । सम्बन्धविच्छेदका लागि उनी र उनका श्रीमान् सञ्जयबीच १४ करोडको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यस अनुसार व्यापारी सञ्जयले हरेक महिना १० लाख भारु भुक्तानी गर्नेछन् । यो पैसा उनीहरुका दुई सन्तानको हेरविचारमा खर्च गरिनेछ ।

     

    फरहान अख्चर र अधुनाः

    फरहान र अधुनाको सम्बन्धविच्छेदको खबर सुन्दा धेरैजना अचम्मित भएका थिए किनभने यो जोडीले विवाहको १६ वर्षपछि अलग्गिने निर्णय गरेका थिए । यसअघि न त फरहानको न नै अधुनाको अफेयरको चर्चा थियो । सम्बन्धविच्छेदपछि अधुनाले मुम्बईमा रहेको बंगला आफ्नो नाममा राखिदिन माग गरेकी थिइन् । यसबाहेक फरहानकी छोरीको हेरविचारका लागि हरेक महिना मोटो रकम प्रदान गर्ने सहमति पनि भएको थियो ।

    ऋतिक रोशन र सुजैन खानः

    ऋतिक रोशन र सुजैन खानको सम्बन्धविच्छेद भारतमा मात्रै नभई संसारकै महँगो सम्बन्धविच्छेदमध्येको एकमा गनिन्छ । यी दुईको विवाह सन् २००० मा भएको थियो र अफेयरको खबरका कारण यो जोडीले सम्बन्धविच्छेद गरेको थियो । सुजैन खानले एलिमनीको रुपमा चार सय करोड भारु माग गरेको बताइन्छ तर उनलाई ३८० करोड भारु दिइएको थियो ।

    सैफ अली खान र अमृता सिंहः

    विवाह जस्तै सैफ र अमृताको सम्बन्धविच्छेद पनि निकै चर्चित भएको थियो । १३ वर्ष जेठी अमृतासँग विवाह गरेको १३ वर्षपछि सैफले उनीसँग सम्बन्धविच्छेद गरे । एक अन्तरवार्ताको क्रममा सैफले सम्बन्धविच्छेदका क्रममा ५ करोड भारुको एलिमनी निश्चित गरिएको जसमध्ये २.५ करोड आफूले दिइसकेको बताएका थिए । साथै उनले आफ्ना सन्तानको हेरविचारका लागि हरेक महिना १ लाख भारु पनि अमृतालाई दिने गरेको बताएका थिए ।

    सञ्जय दत्त र रिया पिल्लईः

    रिया पिल्लई सञ्जयकी दोस्री श्रीमती थिइन् । सञ्जयले सम्बन्धविच्छेद भइसकेपछि पनि निकै लामो समयसम्म रियाको खर्च उठाउने गरेको बताइन्छ । क्षतीपूर्तीको रुपमा उनले रियालाई कति पैसा दिए त्यसबारे आधिकारिक खुलासा त गरिएन तर खबरलाई विश्वास गर्ने हो भने सञ्जयले ४ करोड दिएका थिए । यसका साथै महँगो कार पनि दिएका थिए ।

    लिएन्डर पेस र रिया पिल्लईः

    सञ्जय दत्त संग सम्बन्धविच्छेद गरेपछि रियाले टेनिस खेलाडी लिएन्डर पेससँग विवाह गरेकी थिइन् तर यी दुईको सम्बन्ध पनि टिक्न सकेन जसका कारण उनीहरुको सम्बन्धविच्छेद भयो । रियाले क्षतीपूर्ती स्वरुप हरेक महिना चार लाख भारुको माग गरेको बताइन्छ जसमध्ये ३ लाख उनले आफ्ना लागि  र करिब ९० हजार आफ्नी छोरीको पढाईका लागि माग गरेकी थिइन् ।

    आदित्य चोपडा र पायल खन्नाः

    बलिउड फिल्म निर्माता तथा नायिका रानी मुखर्जीका श्रीमान् आदित्य चोपडाले आफ्नी श्रीमती पायलसँग सम्बन्धविच्छेद गर्नका लागि ५० करोड भारु प्रदान गरेका थिए ।

    प्रभु देवा र रमलथः

    प्रभुदेवाले सन् २०११ मा रमलथसँग सम्बन्धविच्छेद गरे । उनले एलिमनीको रुपमा १ लाख भारु प्रदान गरे । यसका साथै उनले २० देखि २५ करोडको सम्पत्ति रमलथलाई दिए ।

    आमिर खान र रिना दत्ताः

    मिस्टर पर्फेक्सनिस्ट भनिने आमिर खानले आफ्ना अभिभावकको मर्जी बिना सन् १९८६ मा रिना दत्तासँग विवाह गरेका थिए तर केहि वर्षपछि नै यी दुईबीच मतभेद सुरु भयो । सन् २००२ मा यो जोडीको सम्बन्धविच्छेद भयो । रिपोर्टलाई विश्वास गर्ने हो भने आमिरले क्षतिपूर्तीको रुपमा ५० करोड भारु रिनालाई दिएका थिए ।

    अरबाज खान र मलाइका अरोडाः

    कुनै बेला बलिउडका सबैभन्दा हट जोडीमध्ये एक मानिने अरबाज खान र मलाइका अरोडाको सम्बन्धविच्छेदको खबरले पनि थुप्रैलाई चकित बनाएको थियो । यी दुईको सम्बन्धविच्छेदको एलिमनीको कुनै आधिकारिक खुलासा गरिएन तर खबरलाई विश्वास गर्ने हो भने मलाइकाले क्षतिपूर्तीको रुपमा १५ करोड भारु माग गरेकी थिइन् ।

     

    स्रोतः नवभारत टाइम्स/रातोपाटी

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology