विपक्षी गठवन्धनले एक दिन बिराई समाजका विभिन्न प्रवुध्द वर्गसँग अन्तर्क्रिया गर्दै आएकाे छ । गठवन्धनका शीर्ष नेताले भाेलि लेखक, नागरिक समाज तथा बुद्धिजीवीहरूसँग छलफल तथा अन्तर्क्रिया गर्ने भएका हुन् । यसअघि बिहिवार विभिन्न मिडियाका सम्पादक तथा शनिवार राजनीतिक बिट हेर्ने सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेका थिए ।
गठबन्धनका शीर्ष नेताहरूले सोमबार २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग पनि अन्तर्क्रिया गर्ने भएका हुन् ।
पाँच दलीय गठवन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदमलाई असंवैधानिक भन्दै आन्दाेलनमा उत्रिएका छन् । विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी तथा संसद् पुनर्स्थापनाको माग गर्दै आन्दाेलनरत छन् ।