Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • १९:३१:०९ बजे
  • 1.3K
    SHARES
  • कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

    सर्वोच्च अदालतले बहराइनको लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस भएका युवराज कार्कीलाई नियुक्त नगर्न आन्तरिम आदेश जारी गरेको छ । कार्कीको योग्यता नपुगेको भन्दै निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यन्वयन नगर्न आदेश दिएको हो ।

    images

    उनलाई वैशाख २५ गते राजदूतमा नियुक्तिका लागि सरकारले सिफारिस गरेको थियो । प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाइ नभइ नियुक्तिको तयारी भएका बेला अदालतले रोक लगाएको हो । कार्की पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्थानक उपाधी हासिल गरेको हुनु पर्ने भन्ने निर्देशिकालाई अदालतले अश्वीकार गरेको हो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका कार्की पूर्वसामान्य प्रशासन मन्त्री हुन् ।

    उनी यसअघि २०७२ सालमा केपी ओली प्रधानमन्त्री भएको बेला कोरियाको लागि राजदूत सिफारिस भए पनि कांग्रेस माओवादी गठबन्धन सरकार बनेपछि उनको नियुक्ति भएको थिएन ।

  • सम्बन्धित विषय:

  • # राजदूत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology