Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्मार्ट टेलिकमले तोकिएको समय भित्र बक्यौता रकम तिर्न नसक्ने भन्दै सरकारसँग निवेदन पेश

स्मार्ट टेलिकमले तोकिएको समय भित्र बक्यौता रकम तिर्न नसक्ने भन्दै सरकारसँग निवेदन पेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • ११:५२:५२ बजे
  • 1.3K
    SHARES
  • स्मार्ट टेलिकमले तोकिएको समय भित्र बक्यौता रकम तिर्न नसक्ने भन्दै सरकारसँग निवेदन पेश

    स्मार्ट टेलिकमले तोकिएको समय भित्र बक्यौता रकम तिर्न नसक्ने भन्दै सरकारसँग एक वर्षको समय थप्न माग गर्दै मन्त्रालयमा निवेदन पेश गरेको छ । स्मार्ट टेलिकमले हालको विषय परिस्थितिमा बक्यौता रकम तिर्न नसक्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । २०७७ गत चैत १ गतेको मन्त्रिपरिषद्ले स्मार्ट टेलिकमलाई बाँकी बक्यौता रकम भुक्तानी गर्न ४ महिनाको समय दिएको थियो । अन्तिम पटक स्मार्ट टेलिकमलाई असार मसान्तसम्मको म्याद थप गरिएको थियो ।

    images

    स्मार्टको निवेदनमा प्राधिकरणलाई बोधार्थमा राखिएको छ’, पौडेलले भने, ‘स्मार्टको समय थप गर्ने कि नगर्ने भन्ने विषयको निर्णय मन्त्रिपरिषद्बाट हुन्छ ।’ स्मार्टको निवेदन प्राधिकरणलाई नभई मन्त्रालयमा आएको छ । स्मार्टको निवेदन मन्त्रिपरिषद्मा लग्ने वा नगल्ने वा नलग्ने जिम्मा मन्त्रालयमा निहित रहेको उनले बताए । पौडेललका अनुसार स्मार्टले फ्रिक्वन्सी, लाइसेन्स नविकरण, रोयल्टी र अन्य शुल्कगरी करिब ५ अर्ब रुपैयाँ सरकारलाई बुझाउन बाँकी छ । असार मसान्तसम्म यो शुल्क अझै बढ्नेछ । स्मार्ट टेलिकमले २०७६ सालदेखि सरकारलाई बक्यौता तिरेको छैन ।

    स्मार्ट सेलले २०७६ भदौ मसान्तसम्म २ अर्ब ३२ करोड बढी रकम सरकारलाई बुझाउनुपर्ने थियो । यस्तै प्राधिकरणले बक्यौता रकम भुक्तानी नगरेको भन्दै २०७६ को कात्तिकमा कम्पनीको लाइसेन्स नै खारेज गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको उक्त निर्णय उल्टाएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार स्मार्ट टेलिकमले पहिलो किस्ता बापतको रकम २०७६ पुस सम्म ५ किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । हरेक आर्थिक वर्षभित्र बक्यौता बुझाउनुपर्ने भए नि उक्त कम्पनीले तोकिएको समयमा रकम भुक्तानी गरेको छैन् । २०७७ भदौ २९ गतेको मन्त्रिपरिषद्ले स्मार्ट टेलिकमलाई फागुन मसान्तसम्म अन्तिम पटकको समय दिएको थियो । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार दुरसञ्चार प्राधिकरणले तोकिएको समयमा बक्यौता रकम भुक्तानी नगरे सरकारको अधिनमा रहने बताएको थियो । हालसम्म स्मार्टले बक्यौताको रकम नबुझाएको प्राधिकरणले जानकारी दिएको छ ।

    पछिल्लो पटक समय थप गरिएको म्याद सकिन लागेको छ । यस्तो अवस्थामा स्मार्टले पुन सरकारबाट उन्मुक्ति पाउने आशमा बक्यौता रकम तिर्ने म्याद थपका लागि निवदेन दिएको हो । कम्पनीले विदेशी लगानी भित्र्याउन खोजिरहेको र यसका लागि सरकारले थप केहि समय दिनुपर्ने स्मार्टको माग छ । टेलिकम सेक्टर सरकारको राजश्वको राम्रो स्रोत भएका हो । फ्रिक्वन्सी सरकारको प्राकृतिक सम्पत्ति हो । यसको रणनीतिक तथा आर्थिक महत्व हुन्छ ।

  • सम्बन्धित विषय:

  • # स्मार्ट टेलिकम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology