Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिहीबारदेखि दैनिक ६४ आन्तरिक उडान, ९ कम्पनीबाट अन्तराष्ट्रिय उडान हुने

बिहीबारदेखि दैनिक ६४ आन्तरिक उडान, ९ कम्पनीबाट अन्तराष्ट्रिय उडान हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १३:२३:२६ बजे
  • 1.7K
    SHARES
  • बिहीबारदेखि दैनिक ६४ आन्तरिक उडान, ९ कम्पनीबाट अन्तराष्ट्रिय उडान हुने

    कोरोना महामारीका कारण जारी निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान बिहीबारदेखि पुनः शुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा आन्तरिक उडान गर्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाइ उडान गर्न अनुमति दिएसंगै प्राधिकरणले बिहीबारबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु गर्न लागेको हो ।

    images

    नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उडान भर्नेमध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअरले सात, सौर्य एअरले तीन, नेपाल एअरले दुई, तारा एअरले दुई, समिट एअरले दुई र सीता एअरले दुई गरी दैनिक ६४ वटा उडान हुने छन । यसैगरी पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएपनि सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ ।

    अब नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्ने भएका छन । दोहा, जापान, दुबई, ओमान, कुवेत लगायतका गन्तव्यमा उडान शुरु भइसकेको छ । उडान सञ्चालन गर्दा जनस्वास्थ्यको मापदण्ड भने पूर्ण रुपमा पालना हुनुपर्ने सर्त प्राधिकरणको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology