Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतले चीनको सीमामा थप ५० हजार सेना पठायो

भारतले चीनको सीमामा थप ५० हजार सेना पठायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १३:५५:५२ बजे
  • 1.2K
    SHARES
  • भारतले चीनको सीमामा थप ५० हजार सेना पठायो

    लाइभमिन्ट/ भारतले चीनको सीमामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई देशबीच सन् १९६२ मा युद्ध भए पनि ब्रिटिसले देश छाडेयता हालसम्म भारतको ध्यान पाकिस्तानसँगको सीमामा रहँदै आएको थियो ।

    images

    भारत र पाकिस्तानबीच विवादित कश्मीरलाई लिएर तीनपटक युद्ध भइसकेको छ । तर, गत वर्ष चीनसँग भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले इस्लामावादसँगको तनाव कम गर्दै आफ्नो ध्यान बेइजिङलाई काउन्टर दिन केन्द्रित गरेको छ । पछिल्ला केही महिनामा भारतले आफ्ना सैनिक र लडाकु विमानलाई भारत–चीन सीमाका तीन महत्त्वपूर्ण क्षेत्रमा तैनाथ गरेको स्रोतको हवाला दिँदै लाइभमिन्ट डटकमले उल्लेख गरेको छ ।

    भारतले अहिले चीनसँगको सीमामा कम्तीमा २ लाख सेना खटाएको छ । जुन पछिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको समाचारमा उल्लेख गरिएको छ । यस विषयमा भारतीय सेना र प्रधानमन्त्री कार्यालयका प्रवक्तासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनीहरूले भने कुनै जवाफ नदिएको समाचारमा बताइएको छ । यसअघि सम्भावित चिनियाँ कदमलाई रोक्ने मात्र भारतीय सेनाको रणनीति हुन्थ्यो भने यसपटक सेना थप आक्रामक हुने बताइएको छ ।

    यस रणनीतिलाई ‘अफेन्सिभ डिफेन्स’ भनिएको छ । जसमा सेनाहरूलाई एक ठाउँबाट अर्को ठाउँ लैजान थप हेलिकप्टर तैनाथ गर्ने, एम७७७ आर्टिलरी लगायत तैनाथ गर्ने लगायत छन् । चीनले हाल भारतसँगको सीमामा कति सेना तैनाथ गरेको छ भन्ने यकिन तथ्याङ्क छैन । तर, पछिल्लो पटक चीनले तिब्बतबाट सिन्जियाङ मिलिटरी कमान्डमा थप सैनिक पठाएको छ । विवादित हिमालय क्षेत्रमा पेट्रोलिङ गर्ने जिम्मा यस कमान्डको रहेको छ ।

    त्यस्तै चीनले सो क्षेत्रमा युद्धविमान राख्न बमप्रुफ बंकर, नयाँ एयरफिल्ड लगायत निर्माणलाई तीव्रता दिएको छ भने पछिल्ला केही महिनामा लामो दुरीको आर्टिलरी, ट्यांक, रकेट रेजिमेन्ट र दुई इन्जिन भएको फाइटरहरु थप गरेको छ । यता भारतले चीनविरुद्ध आफ्ना क्वाड पार्टनर – अमेरिका, जापान र अस्ट्रेलियासँग सुरक्षा सहकार्यलाई पनि बढाएको छ ।

  • सम्बन्धित विषय:

  • # भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology