Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्री ओलीको भाषण रेकर्ड गरेर राख्नुहोला : माधव नेपाल

प्रधानमन्त्री ओलीको भाषण रेकर्ड गरेर राख्नुहोला : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १८:३२:५७ बजे
  • 1.3K
    SHARES
  • प्रधानमन्त्री ओलीको भाषण रेकर्ड गरेर राख्नुहोला : माधव नेपाल

    नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गठबन्धनमा अरुभन्दा आफ्नो अवस्था फरक रहेको बताएका छन् । आफू पार्टीको नेताको हैसियतमा नआएको भन्दै उनले भने, ‘अप्ठ्यारो अवस्थामा रहेको व्यक्ति वा नेता वा विचार समूहको रुपमा आएको छु ।

    images

    यो गठबन्धन भनेको संविधानको रक्षाका लागि हो र यसमा विचलित हुने छैन ।’ विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरे । राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै राम्रो संस्कार पनि चाहिने बताए ।

    उनले अघि भने, ‘हामी आफैं अरुलाई भन्छौं, आफू मान्दैनौं । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।’ ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ‘ र भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology