Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना सुरु

चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १८:३३:५० बजे
  • 7.7K
    SHARES
  • चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना सुरु

    चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन सुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादनमार्फत् विद्युतको माग पूरा गर्ने चीनको योजना बमोजिम चीनमा ठूला जलविद्युतगृहहरु निर्माण भइरहेका छन् । यद्यपी जलविद्युत उत्पादनका लागि ठूला बाँध बनाउँदा पर्यावरणीय क्षतिमा चीनले पर्याप्त ध्यान नदिएको आरोप लाग्ने गरेको छ ।

    images

    सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वर्ष यसै साता मनाउने अवसरमा नयाँ विद्युतगृह निर्माणको घोषणा भएको छ । बाइहेटान बाँधको उचाइ २ सय ८९ मिटर अग्लो हुनेछ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत उत्पादन जेनेरेटर जडान हुनेछन् । यो सन् २००३ मा चीनको याङ्जी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको दोस्रो ठूलो हो । थ्री गर्जेजको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट रहेको छ ।

    यी दुवै विद्युत आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो । यो समूह जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै सर्वाधिक ठूलो लगानीकर्ता हो । विश्वका अन्य कतिपय मुलुकले जलविद्युत उत्पादनलाई त्याग्न थालेका छन् किनभने यसबाट समुदाय र खेतीपाती डुबानमा पर्ने तथा नदीको जैविकता विशृंखलित बनाउने तथा माछा र अन्य प्रजातिको अस्तित्वमा खतरा उत्पन्न हुने वातावरणविदहरुको चेतावनी दिइरहेका छन् ।

    चीनले उत्पादित विद्युतलाई शाङ्घाई र अन्य पूर्वी सहरहरुमा उच्च गतिको प्रसारण लाइनबाट विद्युत लैजाने गरेको छ । बाइहेटान विद्युतगृहबाट उत्पादित विद्युत उत्पादन पूर्ण क्षमतामा हुन थालेपछि वर्षेनी दुई करोड टन कोइलाको खपत कम हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # ठूलो जलविद्युत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology