Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक दशक अघि खाडीबाट रित्तै फर्केका श्रीषको खोरमा करोडको बोएर

एक दशक अघि खाडीबाट रित्तै फर्केका श्रीषको खोरमा करोडको बोएर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७८ मंगलवार • १०:०५:३१ बजे
  • 2.0K
    SHARES
  • एक दशक अघि खाडीबाट रित्तै फर्केका श्रीषको खोरमा करोडको बोएर

    बेनी नगरपालिका–३, भकिम्लीका धनबहादुर श्रीषको बाख्रा फार्ममा साढे तीन लाख मूल्य पर्ने बोएर बोका छ। दुईवटा गोठमा खैरो र सेतो रङ मिसिएको बोका, बाख्रा र पाठापाठीको बजार मूल्य एक करोडभन्दा बढी छ। श्रीषको पशुपालन तथा बहुद्देश्यीय कृषि फार्ममा शतप्रतिशत शुद्ध बोएर बाख्रा मात्रै छन्। एक दशकअघि खाडीबाट फर्किंदा श्रीष रित्तै थिए। उनले अन्तर्राष्ट्रिय ढुवानीमा काम गर्दा समेत प्रशस्त कमाइ गर्न सकेनन्।

    images

    श्रीषले जग्गा धितो राखेर २०६८ सालमा एउटा बोएर बाख्रा खरिद गरे। सामान्य खोर बनाएर बाख्रापालनमा सुरू गरेका श्रीषको सोच अनुसार लगानी जुट्न सकेन। स्थानीय जातका बाख्रामा क्रस गर्दै बोएर बाख्राको स्रोत केन्द्रसम्म आइपुगेका श्रीष अहिले बाख्रापालनबाट करोडपति भएका छन्। ‘डेढ लाखभन्दा तलको एउटा पनि बोएर छैन, अब बल्ल कमाइ हुन थालेको छ,’ श्रीषले भने। उनले गत वर्ष ३५ लाखको बोएर बिक्री गरेकोमा यस वर्ष करिब ५० लाखको बेच्ने लक्ष्य रहेको बताए। ‘बोएरको विशषेता नै हो छिटो छिटो बढ्नु र हुर्कनु हो, महँगो भए पनि हुर्काउन र कमाउन सजिलो छ,’ श्रीषले भने।

    नेपाल व्यावसायिक बाख्रापालक महासंघको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेश संयोजक समेत रहेका श्रीषले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीलाई तालिम सहित आवश्यक सहयोग गर्ने गरेका छन्। एक वर्षमा सयभन्दा बढी बोएर पुर्‍याउने र आधा दशकभित्र वार्षिक करोड आम्दानीनजिक पुग्ने गरी कडा मेहनत गरिरहेका श्रीषको फार्ममा नेपालका विभिन्न स्थानबाट अवलोकनका लागि संघ–संस्था र किसानहरू आउने गरेका छन्। उनले माग अनुसार पूरा गर्न नसकेको जानकारी दिँदै बोएर पालनमा इच्छुकलाई आवश्यक प्राविधिक सहयोग दिन समेत संस्थामा आवद्ध भएको बताए। बाख्रापालकको हकहितका लागि स्थापना भएको संस्थामा समेत आवद्ध भएपछि उनको व्यावसायिक विस्तार देशैभर फैलिएको छ ।

    हाल श्रीषको फार्ममा डेढ लाखदेखि साढे तीन लाखसम्मको ३० माउ, एक बोका र १९ पाठापाठी छन् । उनले अवलोकन भ्रमणमा आउनेलाई समेत सहज हुने गरी गोठ विस्तार गरेका छन्। बोएर बाख्राका लागि उनले करिब ६० रोपनी जमिनमा घाँस खेती गरेका छन् भने बाख्रापालन गर्न चाहने किसानलाई निःशुल्क तालिम दिने गरेका छन्। श्रीषले अफ्रिकन जातको बाख्रापालन मोडल प्रयोग गरिरहेका छन्। जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुनेलगायत विशेषताहरू अफ्रिकन बोयर जातका बाख्रामा हुने हुँदा यी जातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाई गर्न सकिने उनको अनुभव छ। नागरिक दैनिकबाट

  • सम्बन्धित विषय:

  • # करोडको बोएर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology