Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस बनाउँदै छ: वामदेव गौतम

सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस बनाउँदै छ: वामदेव गौतम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७८ मंगलवार • १०:१०:२३ बजे
  • 1.6K
    SHARES
  • सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस बनाउँदै छ: वामदेव गौतम

    नेकपा एमालेका नेता एवम् अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरेको भन्दै त्यसको भर्त्सना गरेका छन् । धान दिवसको अवसरमा एक विज्ञप्तिमार्फत् शुभकामना प्रदान गर्दै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक भएको बताए ।

    images

    सरकारले सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकूल गरेर किसानलाई बेरोजगार र घरबारबिहीन बनाउन लागेको आरोप लगाए । ‘हामीले पहिल्यैदेखि भन्दै आएका हौं, नेपालको कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई पूवेश गर्न दिइनुहुँदैन । यदि त्यसो गरियो भने नेपाली किसान जनताका हक, अधिकार र समृद्धिका सम्पूर्ण योजना भताभुङ्ग हुन्छन्,’ उनले भनेका छन् ।

    नेता गौतमले आफूहरूले धेरै वर्षअघिदेखि भूमि बैंकको बिरोध गर्दै आएको बताए । ‘भूमि बैंक भनेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरूले अगाडि सारेका एजेण्डा हुन् । इण्डोनेशिया र फिलिपिन्समा पूर्णतः असफल भइसकेको यो कार्यक्रम अहिले हाम्रो देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ,’ उनले भनेका छन् ।

    निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउन सरकार दत्तचित्त भएर लागेको भन्दै यो नेपालको संविधान-२०७२ मा उल्लेखित खास सम्प्रभुताको विरुद्ध रहेको समेत बताए । ‘करार खेती भनेको एक किसिमको कर्पोरेट मोडकलको कृषि कार्य हो, जहाँ व्यापारिक म्पनी हावी हुन्छन् र कृषक समुदाय पूर्णतः विस्थापित हुन्छन् । भारतदेखि युरोपेली मुलुकका किसानहरू यस्तो खेती प्रणालीबाट प्रताणित छन् । कतिपय मुलुकमा किसान यस्तो खेती प्रणालीविरुद्ध छन् ,’ विज्ञप्तिमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # वामदेव गौतम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology