Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सरकारी वकिललाई न्यायाधीश खतिवडाले सोधे- अदालतका कारण राजनीतिक अस्थिरता भएको हो ?

सरकारी वकिललाई न्यायाधीश खतिवडाले सोधे- अदालतका कारण राजनीतिक अस्थिरता भएको हो ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७८ मंगलवार • १६:१३:४१ बजे
  • 790
    SHARES
  • सरकारी वकिललाई न्यायाधीश खतिवडाले सोधे- अदालतका कारण राजनीतिक अस्थिरता भएको हो ?

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अदालतका कारण राजनीतिक अस्थिरता भएको हो कि अरु पनि कारण छन् भनेर सरकारी वकिललाई सोधेका छन्। प्रतिनिधि सभा विघटनसम्बन्धी सुनावाइका क्रममा मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी पक्षबाट बहसमा उत्रिएका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले पटक–पटक संसद् विघटन अदालतबाट उल्टिँदा अस्थिरता सिर्जना भएको जिकिर गरेपछि न्यायाधीश खतिवडाले प्रधानमन्त्रीको लिखित जवाफमा पनि अदालतका कारण अस्थिरता आएको भन्ने आशय देखिएको भन्दै प्रश्न गरे के अदालत मात्रै कारण हो रु कि अरु पनि कारण छन् ?’ जवाफमा नायब महान्यायाधिवक्ता पाण्डेयले अस्थिरताको एउटा कारण अदालत पनि भएको बताए ।

    images

    उनले भारतको उदाहरण दिँदै त्यहाँ पटक–पटक संसद विघटनपछि नै सरकार स्थिर बनेको दाबी गरे । उनले सर्वोच्च अदालतले विगतमा जे फैसला गरे पनि विघटनको विषयमा अरु प्रजातान्त्रिक मुलुकको अभ्यास पनि हेर्न आग्रह गरे । संसद विघटन जनताको मत के छ भनेर हेर्ने ठाउँ हो । दलहरुको पपुलारिटी जाँच्ने ठाउँ पनि हो । र यो प्रधानमन्त्रीको अधिकार हो,’ उनले भने । त्यसपछि न्यायाधीश खतिवडाले सोधे, नेपालमा २०५२ मा विघटन भयो अदालतले बदर गर्‍यो। त्यसपछि पनि विघटन भए।

    स्थायित्व त कहिल्यै भएन।सरकार त पटक पटक परिवर्तन भयो। भारतमा विघटनले स्थायित्व ल्यायो तर हामी कहाँ अस्थिरता ल्याएको भन्ने कुरा कसरी हेर्ने हो ?, उनले थपे, ‘यो सबै अस्थिरताको कारण अदालतको फैसला हो भन्ने ढंगबाट कुरा आयो। अदालतको फैसला मात्र कि अरु पनि कारण हुन् ? पाण्डेयले सरकार स्थिर भएमा विकास हुन्छ र स्थिरता हुन्छ भन्ने भारतको अभ्यासमा देखिने तर्क गरे। ‘संसद् वा दल कसको स्थिरता भन्दा दुवैको हो। जसले गर्दा पाँच वर्ष चल्छ। संसद केही समय नहुँदा सरकार चाहिँ हुनुपर्छ’, पाण्डेले भने।

  • सम्बन्धित विषय:

  • # सरकारी वकिल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology