Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानन्याधीशले सोधे, प्रधानमन्त्रीले विस्वासको मत लिन्न भन्ने ठाँउ संसद कि राष्ट्रपति ?

प्रधानन्याधीशले सोधे, प्रधानमन्त्रीले विस्वासको मत लिन्न भन्ने ठाँउ संसद कि राष्ट्रपति ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७८ मंगलवार • १६:२४:५० बजे
  • 772
    SHARES
  • प्रधानन्याधीशले सोधे, प्रधानमन्त्रीले विस्वासको मत लिन्न भन्ने ठाँउ संसद कि राष्ट्रपति ?

    प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीले विस्वासको मत लिन्न भन्ने ठाँउ संसद हो कि राष्ट्रपति भनेर प्रश्न गरेका छन् । सरकारको तर्फबाट बहस भईरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायधीवक्ता पदमराज पाण्डेलाई विश्वासको मत लिने वा नलिने भन्ने जानकारी कहाँ गराउने हो भनेर सोधेका हुन् ?

    images

    प्रधानन्यायाधीशले सोधे, ‘विश्वासको मत लिने कि नलिने भन्ने त संसदबाट सभामुखमार्फत जानु पर्ने होइन र ? संसदलाई छलेर जान मिल्छ र ? जवाफमा पाण्डेयले विश्वासको मत नपाउने निश्चित भइसकेपछि संसदमै जानुपर्छ भन्ने नरहेको तर्क गरे । संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि ७६ (४) अनुसार ३० दिन भित्रमा विश्वासको मत लिनुपर्छ।

    त्यसैको आधारमा राष्ट्रपतिले ७६ (५) अनुसार वैकल्पिक सरकार गठनको प्रक्रिया थालेकी थिइन्। तर उक्त उपधारा अनुसार शेरबहादुर देउवा र ओलीले दाबी गरेका थिए। तर राष्ट्रपतिले संसद नै भंग गरेर निर्वाचनको घोषणा गरेपछि अदालतमा दर्जनौ मुद्धा परेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology