Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पोखरामा जातीय विभेदविरुद्ध प्रदर्शन,शिक्षामन्त्रीको पुत्ला जलाए

पोखरामा जातीय विभेदविरुद्ध प्रदर्शन,शिक्षामन्त्रीको पुत्ला जलाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७८ मंगलवार • १७:११:४१ बजे
  • 1.9K
    SHARES
  • पोखरामा जातीय विभेदविरुद्ध प्रदर्शन,शिक्षामन्त्रीको पुत्ला जलाए

    पोखरामा मंगलबार जातीय विभेदविरुद्ध प्रदर्शन भएको छ । काठमाडौंमा रुपा सुनारले जातीय विभेदका कारण डेरा नपाएको र शिक्षामन्त्रीले जातीय विभेदको आरोप लागेको घरबेटीको संरक्षण गरेको विरोधमा अधिकारकर्मीले प्रदर्शन गरेका हुन् ।

    images

    उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला पनि जलाएका छन् । जातीय मुक्ति मोर्चाको आह्वानमा भएको विरोध प्रदर्शनपछि युवाहरुले नाराबाजी गर्दै शिक्षामन्त्रीको पुत्ला दहन गरेका थिए।

    सोही क्रममा प्रहरीले धरपकड गर्दै ३ जना गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा किरण नेपाली, रेशम सापकोटा, नेत्र चापागाइँ छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology