कोरोना भाइरसको संक्रमणबाट ६ लाख ६३ हजार ४ सय ८ जनाको ज्यान गएको छ । संक्रमितको संख्या बढेर १ करोड ६८ लाख ९२ हजार ३ सय १९ पुगेको छ । संक्रमितमध्ये १ करोड ४ लाख ५६ हजार ३ सय ७ जना उपचारपछि घर फर्किएका छन् भने ६६ हजार ४ सय ९४ जनाको अवस्था गम्भीर छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ५२ हजार ३ सय २० जनाको ज्यान गएको छ । ब्राजिलमा ८८ हजार ६ सय ३४, भारतमा ३४ हजार २ सय २४, रसियामा १३ हजार ५ सय ४, मेक्सिकोमा ४४ हजार ८ सय ७६ र पेरुमा १८ हजार ६ सय १२ जनाको ज्यान गएको छ ।