Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा ११९ जना सहित गण्डकी प्रदेश भरी २८३ जनामा कोरोना पुष्टि , पाँच जनाको मृत्यु

पोखरामा ११९ जना सहित गण्डकी प्रदेश भरी २८३ जनामा कोरोना पुष्टि , पाँच जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १५, २०७८ मंगलवार • १७:४५:०२ बजे
  • 922
    SHARES
  • पोखरामा ११९ जना सहित गण्डकी प्रदेश भरी २८३ जनामा कोरोना पुष्टि , पाँच जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामामा पोखरामा ११९ जना सहित गण्डकी प्रदेश भरी २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १६३ जनामा गरिएको नमुना परीक्षणमा २८३ जनामा कोरोना पोजेटिभ आएको हो।

    आज संक्रमण पुष्टि हुनेमा कास्कीका ११९ जना, गोरखाका सात जना, लमजुङका नौ जना, नवलपुरका ४३ जना र स्याङ्गजाका २२ जनामा कोरोना पुष्टि भएको हो ।

    यस्तै, पर्वतका तीन जना, बागलुङका २९ जना र म्याग्दी जिल्लाका सात जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

    यो सँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५५ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३५ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ७३० पुगेको छ। मंगलबार पनि गण्डकीमा पाँच जनाको मृत्यु पुष्टि भएको छ ।

    आज मृत्यु पुष्टि हुनेमा कास्कीका तीन जना, म्याग्दीका एक जना र लमजुङका एक जना छन् । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९४५ पुगेको निर्देशनालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology