Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेशमा कोरोना प्रभावित व्यवसायी उकास्न जीवन रक्षा कोषलाई यस वर्ष पनि निरन्तरता

गण्डकी प्रदेशमा कोरोना प्रभावित व्यवसायी उकास्न जीवन रक्षा कोषलाई यस वर्ष पनि निरन्तरता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७८ मंगलवार • १८:२६:५० बजे
  • 1.1K
    SHARES
  • गण्डकी प्रदेशमा कोरोना प्रभावित व्यवसायी उकास्न जीवन रक्षा कोषलाई यस वर्ष पनि निरन्तरता

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना प्रभावित व्यवसायी उकास्न जीवन रक्षा कोषलाई यस वर्ष पनि निरन्तरता दिइएको बताएका छन्।

    images

    नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशकसहित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँगको छलफलमा उनले सरकारको नीति तथा कार्यक्रममा यो कोषलाई निरन्तरता दिने गरी प्रतिबद्धता आइसकेको जानकारी दिए। प्रदेशभित्रका कोभिडबाट प्रभावित साना तथा मझौला व्यवसायीको राहतका लागि यो कार्यक्रम आएको र यसले तीन वर्षसम्म निरन्तरता पाउने उनले बताए।

    परम्परागत रुपमा ऋण लिने तरिकामा परिमार्जन गरी सहज बनाउन आग्रह गर्दैै उनले साना व्यवसायीलाई लक्षित कार्यक्रम भएकाले त्यसै अनुसार प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए । निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले प्रदेश सरकारले एक अर्ब लगानी गर्दा बैंक तथा वित्तीय संस्थाबाट रु आठ अर्बको हाराहारीमा लगानी हुने भएकाले यो कार्यक्रम निकै प्रभावकारी रहेको बताए।

    नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरीप्रसाद भट्टराईले शुरुमा कार्यविधिका कारण केही असहज भए पनि अहिले भने प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन भएको बताए। यस कार्यक्रमका लागि छ हजार ७७८ निवेदन परेको र रु सात अर्ब ६६ करोड माग भएको र त्यसमध्ये रु चार अर्ब ५४ करोडका लागि पूर्व सहमति प्राप्त भइसकेको उनले जानकारी दिए। कोभिड–१९ ले पर्यटन, यातायात, कृषि उत्पादन तथा सेवालगायतका क्षेत्रमा परेको प्रभाव कम गर्न सरकारले जीवन रक्षा कोष सञ्चालनमा ल्याएको हो । यसका लागि चार शीर्षक बनाएर कर्जा प्रवाह गरिएको छ ।

    न्यूनतम् रु ५० हजारदेखि १५ लाखसम्म कर्जा उपलब्ध गराउने र त्यसको ब्याज प्रदेश सरकारले बेहोर्ने गरी कार्यविधि बनाइएको छ । कर्जाको अधिकतम् अवधि तीन वर्ष तोकिएको छ ।रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology