Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक बस्दै, नेपाल पक्षका नेताहरु सहभागी नहुने

एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक बस्दै, नेपाल पक्षका नेताहरु सहभागी नहुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७८ बुधवार • ०९:४१:३१ बजे
  • 406
    SHARES
  • एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक बस्दै, नेपाल पक्षका नेताहरु सहभागी नहुने

    पोखरा । नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    images

    माधव नेपाल पक्षका नेताहरुले भने सो बैठकमा सहभागी नहुने बताएका छन् । मंगलबार केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र बिहीबार माओवादीसँग एकता हुनुअघिको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

    २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यद्यपि सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका थिए । पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुको असहमतिका बाबजूद माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल लगायतका नेताहरुलाई जिम्मेवारी दिएका थिए ।

    माधव नेपाल पक्षले भने पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र त्यही केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्नुपर्ने अडान राख्दै आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology