Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

खाद्यले बेच्न थाल्यो बाल्ट्रा कम्पनीको इन्डक्सन चुल्हो

खाद्यले बेच्न थाल्यो बाल्ट्रा कम्पनीको इन्डक्सन चुल्हो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७७ आइतवार • १३:०४:४३ बजे
  • 1.9K
    SHARES
  • खाद्यले  बेच्न थाल्यो बाल्ट्रा कम्पनीको इन्डक्सन  चुल्हो

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले इनडक्सन चुल्होको बिक्री सुरु गरेको छ । शनिबारदेखि काठमाडौं उपत्यकामा होम डेलीभरी सेवासंगै इन्डक्सनको पुःन बिक्रि सुरु गरेको कम्पनीले जनाएको छ ।

    images

    बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो, जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि बिक्री थालिएको कम्पनीले जनाएको छ ।
    यसअघि चामल, गेडागुडी लगायतका खाद्यन्नको चक्रपथभित्र मात्रै डेलिभरी सेवा दिएको कम्पनीले सस्तो डिलसँगको सहकार्यमा सेवा विस्तार गर्ने भएको हो ।
    व्यापार साझेदारीकालागि सस्तोडीलसँग सम्झौता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुवेदीले जानकारी दिए ।

    ‘सस्तो डिलको वेबसाइटमा खाद्य कम्पनीको सामाग्री राखिन्छ, उपभोक्ताको अर्डर आएपछि हाम्रो गोदाममा आएर उहाँहरुले डेलिभरी दिनुहुन्छ,’ सीईओ सुवेदीले थपे ‘यसरी डेलिभरी दिँदा अर्डरको रकम खाद्य कम्पनीकै बैंक खातामा जम्मा हुन्छ ।’

    उपभाक्ताको मागलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको र लकडाउन अवधिभर सस्तो डिलले कुनै शुल्क नलिने सहमति भएको पनि कम्पनीले जनाएको छ ।

    तत्कालका लागि सस्तो डिलसँग सम्झौता भएपनि कानूनी रुपमा दर्ता भएका अरु थप कम्पनीसँग सहकार्य गरेर धेरै सहभागितामा बजार विस्तारको योजनामा कम्पनी रहेको सीईओ सुवेदीले बताए ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology