शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्। रूपा सुनार प्रकरणमा आयोगले बोलाएपछि उनी बुधबार बिहान आयोग पुगेका हुन्।
आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । उनले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने पनि बताएका हुन् ।
जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्त्रीको झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए । आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।