प्रतिनिधि सभा विघटन विघटनको मुद्दामा सरकारी वकिलको बहस सकिएको छ। सोमबारबाट सुरु गरेका सरकारी वकिलले ७ घण्टा १० मिनेट बहस गरेका हुन्।
अहिले प्रधानमन्त्री र राष्ट्रपतिका निजी कानुन व्यवसायीको बहस सुरु भएको छ। निजी कानुन व्यवसायीको तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बहस सुरु गरेका छन्।
उनलाई समय निर्धारण गरिएको छैन। तर निजी कानुन व्यवसायीले ६ घण्टा ५० मिनेट समय पाउने इजलासले जानकारी गराएको छ। त्यसपछि सभामुखका कानुन व्यवसायीको बहस सुरु हुनेछ।