श्रद्धय अध्यक्ष क. प्रचण्ड– क्रान्तिकारी अभिवादन
सर्वप्रथम जनयुद्धका माहान सहिद, बेपत्ता, घाईतेहरु प्रति श्रद्धा सम्मान व्यक्त गर्न चाहान्छु । केही दिन देखि म पार्टीको अहिलेको अवस्थाबाट धेरै चिन्तित छु । १५ बर्षको उमेर देखि हाल सम्म मेरो पनि प्रत्यक्ष अप्रत्यक्ष गरी झण्डै २२ बर्ष माओवादी पार्टीमा निरन्तर सहभागिता रह्यो। म जस्ता हरेकौ कार्यकर्ताको यस्तै वा यो भन्दा पनि महत्वपुर्ण सहभागिताको परिणाम देशमा गणतन्त्र स्थापना भयो । गणतन्त्र स्थापनामा सहित बेपत्ता घाईतेहरुको योगदानको अगाडी हाम्रो योगदान सामान्य नै हो । फरक यति हो । आज पार्टी भित्र राम्रो या नराम्रो अवस्था सिर्जना हुदा हामी जनयुद्धका जिवित साक्षी पात्रहरुले समर्थन या विरोधमा आवाज उठाउन सक्छौ ।
जिवित हुनुका कारण
श्रद्धय अध्यक्ष क.
जनयुद्धले नेपालमा छिटो अनि ठुलै राजनितिक परिर्वतन ल्यायो समान्तवादमा आधारित एकात्मक राजतन्त्रको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको स्थापना सर्वहारा जनताको पक्षमा ठुलो एतिहासिक उपलब्धि थियो । गणतन्त्र स्थापना हुदै गर्दाको क्षण स्मरण गर्न र गराउन चाहान्छु । देशैभरिका जनतामा एउटा आशा, भरोसा र उत्साह पैदा भएको थियो । अब देशमा धेरै कुरा हुनेछ । कार्यकर्तामा आफुले देश र जनताको लागी गरेको त्याग र सर्मपर्णप्रति गर्भ, घाइतेहरुमा हामीले अङ्ग गुमाएर के भो त अब नयाँ पिडिले समृद्धि प्रप्तगर्ने छ भन्ने भरोसा, हामी सहिद बेपत्ता परिवारले हाम्रा प्यारा मान्छेको बलिदानले देशमा वर्गरहित समाज स्थापना हुनेछ । भन्ने मिठो सपनामा वलिदनलाई उचाईमा गरेको गर्व गर्न थाल्यो । विरोधी पार्टीका मानिसहरु हामीले प्राप्त गरेको उपलब्धिमा नतमस्तक देखिन्थे, उनीहरुलाई लाग्दथ्यो उनीहरु धेरै पछाडी छाडीए क्रान्तिकारीहरु धेरै अगाडी ।
श्रद्धय अध्यक्ष क. क्रमिक रुपमा समय अगाडी बढ्दै गर्दा युद्धको असहज परिस्थितीबाट सहज परिस्थती तिर देशलाई लैजाने प्रक्रिया सुरु भयो । २०६४ को सविधान सभाको चुनाव मार्फत पाटी देशकै १ नं पाटीको रुपमा स्थापीत भयो । एकातिर पार्टीलाई गणतन्त्रको महत्वपुर्ण कार्यभार पुरा गर्नुपर्ने थियो । भने अकौतर्फ बाहिरबाट हेर्दा सहज र सजिलो जस्तो देखिएता पनि पार्टी भित्र अप्ठ्यारा अनि समस्याहरु बढ्दै जाने अवस्था सिर्जना भयो । बर्ग समानताको मुद्दा लिएर लडेको पार्टी भित्रकै नेता कार्यकर्ताको बिचमा बर्गीय असमानता सिर्जना हुन थाले । पार्टी नेतृत्व सहित ठुलो हिस्सा सत्ता संघर्ष र सत्ता मोहको अन्तर विरोधमा रोमलिन पुग्यो । परिणामत त्याग तपस्या र बलिदानीबाट प्राप्त उपलब्धिहरु ओजेलमा पर्दै जानु र सत्ता सुविधाको लालचमा परेर आफ्नो बर्ग,आफ्नो उद्देश्य र आफुलाई त्यो हेसियत सम्म पुर्याउने कार्यकर्तालाई बेवास्ता गर्ने ठुलै पंक्ती तयार भयो । जसको परिणाम पार्टी भित्र आर्थिक सास्कृतिक र सागठनिक क्षेत्रमा चरम अपार दर्शीता पहिल्याउन थाल्यो । केही कार्यकर्ता यहि हो फाईदा लिने मौका भनेर उत्साहित रुपमा निजि फाईदाको काममा सक्रिय हुन थाले । ठेक्का पट्टामा लाग्ने दलाली गर्ने या अबैध मार्गबाटै भए पनि आर्थिक उपार्जोन गर्ने अर्कोतिर इमान्दार नेता कार्यकर्ता जो विचार सिद्धातको आर्दश प्रति प्रतिबद्ध थिए । उनीहरुमा यस्ता गैरक्रान्तिकारी क्रियाकलाप नैराश्यता बढ्दै गयो । पार्टी संगठनको बैठक औपचारिकताको लागी बस्न थालियो । जिल्ला बैठकहरुमा रिपोट आलोचना, आत्मा आलोचना जस्ता विषयहरु बन्द हुन थाले । गलत कुराको आलोचना गर्नेहरुलाई निरुसाहित गर्न थालियो । राम्रो काम गर्ने र नराम्रो काम गर्नेहरु बिचको भिन्नता हुन छाड्यो । ईमान्दार कार्यकताहरु आर्थिक व्यवस्थापनको अभावमा बिचल्ली अवस्थामा पुगे । व्यवस्थापनका लागी धेरै अनुरोधहरु भए त्यसको कुनै अर्थ नै रहेन । कार्यकर्ता पलायन तिब्रतामा हुन थाले । अहिले पुरुष साथीहरु खाडी मुलुकको चर्को घाममा लड्दै जिविको धान्ने प्रयत्न गर्नु भएको छ। भने महिला साथीहरु कृषि सानो तिनो पेशा सामान्तहरुले बनाएको सयकडा ३ व्याजको ऋण खोजेर पापी पेटको लागी संघर्षरत छन् । घाईतेहरु को कहा कस्तो अवस्थामा छन् । त्यसको जानकारी छैन । सहित बेपत्ताका परिवारहरु गुमाएको आफ्नतको सम्झनामा मानसिक पिडा त छदै छ । रोग र भोक संग लड्दै कठिन पुर्ण जिवन बाचीरहेका छन् । कार्यकर्ता जो आफ्नो लागी आर्थिक उपार्जन गर्ने समय पुरै क्रान्तिकारीमा लगायो । जो अहिले आर्थिक हैसियत कमजोर छ । आर्थीक हैसियत कमजोर भएपछि राजनितिक हैसियत पनि कमजोर हुन्छ । यो दुवै कमजोरी सहित त्यो व्यक्ति समाजमा फर्किदा सामाजिक हैसियत पनि कमजोर बन्दो रहेछ । पार्टीमा रहेका वा नव प्रवेशी मध्ये ५० प्रतिशत कार्यकर्तामा चरम अवसरवादी प्रयोग वादी र दलाल नोकरशाही क्रियाकलाप देखियो । पार्टी अनुसासन त्याग सर्मपनलाई गोजिमा थन्काएर पार्टी सिद्धान्त विपरीत व्यक्तिगत हिततिर पार्टी कार्यकर्ता लागे। सार्वजनिक स्थल रक्सी भट्टीमा विरोधी पार्टीका मान्छे संग बसेर राजनितिक बहस चलाउने खर्चिलो जिवन शैली जस्तो पुँजीवादी ढोङमा रमाउने प्रवृतिको विकास भयो । विपक्ष पार्टीको कार्यकर्ता र हाम्रो कार्यकर्तामा खासै भिन्नता नआउने अवस्था र्सिजना भयो । गल्ती गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कारको विधि हरायो । जस्लाई जे मन लाग्यो त्यही गर्न पाउने मनोमानी क्रियाकलाप पनि सामान्य भए । यी सम्पूर्ण गैर राजनितिक क्रियाकलापको परिणाम आज हाम्रो बलिदनी पुर्ण संघर्षबाट प्राप्त उपलब्धि बारम्बार संकटमा परेको छ। गणतन्त्र विरोधीहरुले वल लगाएर देशलाई प्रगमनतिर ढकेलिरहेको छ ।
श्रद्धय अध्यक्ष क.
२०६९ को माओवादी पार्टी विभाजनमा साम्रज्यबाद विस्तारबादको पनि भुमिका रहयो । तिन जना सर्वमान्य नेतृत्वले अध्यक्ष क. प्रचण्डको साथ छोड्नु भयो संगै रहेका मध्ये केही आफ्नो स्वार्थ पुर्तीका लागी प्रयोग बादी पनि देखिए । अब बारम्बार कमजोरी नदोहो¥याउनुहोस् । नेपाली जनता प्रति माया छ भने सहिद प्रति सम्मान छ भने एक पटक ४ जना नेतृत्व एक ठाउमा बसेर आत्मा समिक्षा गर्नुहोस् ।
श्रद्धय अध्यक्ष क.
एमाले पार्टीसंग पार्टी एकतापछि पार्टी भित्र ठुलो हिस्सामा दलाल नोकरशाह भित्रिएको र यसले देश व्यापी गरेको चलखेलले हाम्रो पार्टी प्रति जनता देखि बौद्धिकवर्ग सम्पुर्णमा वितृष्णा पैदा गराएको छ । के.पी. ओलीको प्रतिगामी कदमले देशलाई पुरै संकतमा ढकेल्यो । प्रतिगमन विरोधी पक्षधरलाई मिलेर गरिएको आन्नदोलनले महत्वपूर्ण सफलता पनि हासिल ग¥यो जसमा ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष क प्रचन्डको पहलकदमी र नेतृत्व साहसिक ऐतिहासिक रहयो । काग्रेस र एमालेरुपी पुरानो डुङ्गामा खुट्टा राखेर समाजवादको कुरा गर्नु सम्पुर्ण नेपाली जनता माथी भ्रम र विश्वासघात हुनेछ । आफ्नो बर्ग मजबुत संगठन इमान्दार कार्यकर्ता र दुरदर्शी नेतामा आधारित रहेर अत्याधुनिक जहाज निर्माण गरी समाजबादको यात्रा तय गर्नु आजको अपरिहार्य आबश्यकतालाई मनन गर्न जरुरी छ । हरेक राम्रो या नराम्रो घटनाले शिक्षा दिएर जान्छ । अहिले सम्मका कमजोरी र उपलब्धीलाई समीक्षा गर्दै त्यही जगमा टेकेर समाजवादी यात्राको तय गर्नुको बिकल्प छैन ।
पार्टी सुध्रिकरण र नया ढङ्गको पार्टी निर्माणको लागी केही सुझावहरु
१. संगठनको ढाँचा छाता बन्यो पिरामिड बनाउनुहोस् ।
२. देशव्यापी रुपमा सांगठनिक अभियान तुरुन्त सञ्चालन गर्नुहोस् ।
३. जनयुद्धका बाकी मुद्दाहरु पुरा गर्न संघर्षरत रहहनुहोस् ।
४. पार्टी र सत्ता बिचको अवधारणा स्पष्ट पार्दै लागु गर्नुहोस् ।
५. लेनिनबादी संगठनात्नामक सिद्धान्तलाई लागु गर्नुहोस् ।
६. समाजबादको कार्यनिति –कार्य योजना प्रस्तुत गर्नुहोस् ।
७. निजि सम्पत्ति र स्वामित्वको अवधारणा स्पष्ट पार्नुहोस् ।
८. नेता कार्यकर्ता प्रति एकपटक निर्मम बन्दै आर्थिक र सास्कृतिक विधिको अनुसासनको विधि लागु गर्नुहोस् ।
९. माआोका ३ र ८ नियम पुर्ण रुपमा लागु गर्नुहोस् ।
१०. केन्द्र देखी जिल्ला स्तर सम्म स्कुलिङ्गको योजना बनाउनुहोस् ।
अन्तिममा
श्रद्धय अध्यक्ष क. हजुरकै नेतृत्वमा समाजवादी यात्राको आरम्भ होस, हामी यो देख्न चाहान्छौ ।
एकपटक फेरी समाजवाद स्थापनाको लागी निर्मम भएर लाग्नुहोस् । गैर राजनितिक क्रियाकलाप विस्थापित हुन् र क्रान्तिकारी उपलब्धीहरु स्थापीत हुन् । हामी सहिद बेपत्ता परिवारहरु पार्टी अप्ठारामा पर्दाहोस् । या जित हासिल गर्दा होस् । हरपल साथमा छौ । सम्पूर्ण सहिद बेपत्ता परिवार, घाईते साथीहरु इमान्दार नेता कार्यकर्ता र परिर्वतन कारी सम्पुर्ण नेपाली जनता तपाईको सहि निर्णय सहितको नेतृत्वको व्यग्र प्रतिक्षामा छ ।
धन्यवाद !
लेखक
दमयन्ती रुचाल (क. रितु )
चितवन जिल्लाका महान् शहिद जित बहादुर थिङ क. गुरासकी जिवन संगीनी ने.क.पा. माओबादी केन्द्र नवलपुर जिल्ला सदस्य हुनुन्छ ।