Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले स्थायी कमिटीमा ८ नेता थपिए (नामावलीसहित)

एमाले स्थायी कमिटीमा ८ नेता थपिए (नामावलीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७८ बुधवार • १८:५४:१९ बजे
  • 835
    SHARES
  • एमाले स्थायी कमिटीमा ८ नेता थपिए (नामावलीसहित)

    नेकपा एमालेले स्थायी कमिटीमा ८ जना नेतालाई मनोनयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्वमाओवादी खेमाका ४ र एमालेतर्फका ४ जनालाई स्थायी कमिटीमा मनोनयन गरेको बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

    images

    नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन्।

    एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी ब्युँताएको छ । केन्द्रीय कमिटीको बैठक यही असार १८ गतेका लागि बोलाइएको प्रवक्ता ज्ञवालीले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology